भक्तपुर । भक्तपुर कप फुटबल प्रतियोगिता २०७८ सफलतापूर्वक सम्पन्न गरेको भक्तपुर युवा टिमले शनिबार भक्तपुरमा एक कार्यक्रम गरी सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन कार्यक्रम गरेको छ । साथै बृहत भेला गरी एकदिने पिककिन पनि मनाएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य, पार्टी भक्तपुर जिल्लाका अध्यक्ष एवं बागमति प्रदेशका प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतित्थ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा टिमका संस्थापक अध्यक्ष विश्वराम कवांलाई सम्मान गरियो । कार्यक्रममा  भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेक कवां, टिमका अध्यक्ष केशब त्वानाबासु, सचिव रामेश्वर मचामसीलगायतले बोल्नुभएको थियो । भक्तपुर युवा टिम भक्तपुरकै पुरानो चर्चित खेलकुद टिम हो । यसले समयसमयका खेलकुदसम्वन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।   

...

All Comments.......


Please Login/Register To Comments