भक्तपुर । भक्तपुर प्रहरीले जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित सुरेश कार्कीको घरमा डेरा कोठा गरी बस्ने सातजनालाई मंगलबार पक्राउ गरेको जनाएको छ । जंगली जनावरको छालालगायतका चिजबस्तुहरु अबैध रुपमा राखी खरिद बिक्री तथा ओसार पसार गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको सयुक्त अनुसन्धान अधिकृतका टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
निजहरुको कोठा खानतलासी गर्दा कालोमा खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला थान एक सहित चार जनालाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ तथा थप अनुसन्धान गर्दा निजहरुले खुलाए अनुसार उक्त चितुवाको छाला ओसारपसार तथा बेचबिखनमा संलग्न भक्तपुर सूर्यबिनायक नगरपालिका  ८ दार्जलिङ हाईटबाट थप ३ जनासमेत गरी ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप सुनापाति गाउपालिका ५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने बर्ष १९ को कुमार लामा,  रामेछाप सुनापाति गाउपालिका ५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने बर्ष १७ को फुसाङ तामाङ, रामेछाप सुनापाति गाउपालिका ५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने बर्ष १८ को हिमाल लामा, रामेछाप सुनापाति गाउपालिका ५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने बर्ष २१ को पासाङ तामाङ, काभ्रेपलाञ्चोक तिमाल गाउपालिका ९ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका ८ दार्जलिङ हाईट बस्ने बर्ष २२ को संजिब सिंजाली मगर, काभ्रेपलाञ्चोक रोशी गाउपालिका १० घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका ८ दार्जलिङ हाईट बस्ने बर्ष २४ को दिपेश तामाङ र काभ्रेपलाञ्चोक रोशी गाउपालिका ५ घर भई हाल  भक्तपुर सुर्यबिनायक नगरपालिका ८ दार्जलिङ हाईट बस्ने बर्ष २३ को मिलन मगर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट चितुवा सुख्खा छाला थान १, बा ९० प ६५१० नं. को कालो रातो २२० को पल्सर मोटरसाइकल थान १,   बिभिन्न कम्पनीका मोबाइल थान ९ वटा, सवारी चालक अनुमतीपत्र थान २, बिभिन्न मोटरसाइकलहरुको नम्बर प्लेट थान ४, मोटरसाईकलको लक थान १ र बा ९० प ६५१० नं. मोटरसाइकलको बिल बुक थान १ सामान बरामद भएको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए ।
उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको साथै थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय भक्तपुर पठाइने जनाइएको छ । साथै खानतलासीकै क्रममा निजहरुले प्रयोग गरेको बा ९० प ६५१० नं. २२० को पल्सर मोटरसाईकल फेला परेको र उक्त मोटरसाइकल भक्तपुर नगरपालिका ९ का प्रजु सुवालको चोरी गरी लगेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । साथै निजहरुको साथमा तथा डेरा कोठामा शंकास्पद रुपमा राखिएको ४ थान बिभिन्न नम्बरको मोटरसाइकलहरुको नम्बर प्लेटहरु, बिभिन्न ब्राण्डको बिभिन्न नम्बरका मोबाईल फोनका सेटहरु थान ९, बा ९० प ६५१० नं. को सवारी दर्ता किताब थान १, सवारी चालक अनुमति पत्रहरु थान २ समेत बरामद गरी महानगरीय प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।


...

All Comments.......


Please Login/Register To Comments