एसियाकै कान्छी उद्यमी अवार्ड भक्तपुरकी दिपिकालाई
भक्तपुर  । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सुगम बस्तीकी दिपिका श्रेष्ठ एसियकै कान्छी उद्यमी अवार्ड प्राप्त गर्न सफल भएकी छन् ।
५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारबाट भक्तपुरकी दिपिका विजयी भएकी हुन् ।
भक्तपुरमा आफ्नै होटल ब्यवसाय तथा मण्टेश्वरी गर्दै आएकी श्रेष्ठ एसियाकै उत्कृष्ट एवं कान्छी उद्यमी हुन् सफल भएकी हुन् । एशियाको युवती एन्टी«प्ररेनर (आरयूएलए अन्तराष्ट्रिय अवार्ड) अवार्डका लागि उनी छनोट भएकी हुन् ।
सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ ।
दुवईको दुवई मलमा प्रधान कार्यालय रहेको संस्थाले आफ्नो अफिसियल पेजमा नेपालकी दिपिका श्रेष्ठलाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेसँगै उनी कान्छी उद्यमीका रुपमा चिनिएकी हुन् ।

 एसियन लिडरशिप अवार्डको प्रायोजक संस्थाहरु क्रमशः
विश्व अनुसन्धान परिषद, विश्व व्यापार आधार, अमेरिकी उपभोक्ता समाज, आइडीएमएएस शिक्षण केन्द्र, आइ जे आरयूएलए, संयुक्त चिकित्सा परिषद र व्यवसाय ग्रह
रहेका छन् ।
पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । अवार्ड वितरणका दिन आफुले गरेका कामहरुको वारेमा प्रेजेन्टेसन गर्ने अवसर हुने छ । कार्यक्रममा विश्वभरवाट सयौं पाहुना र हजारौं उधोगी व्यवसायी तथा अन्य सहभागीहरुको भव्य उपस्थिति रहने जनाइएको छ ।

को हुन् त दिपिका श्रेष्ठ ?
२०५३ सालमा जन्मेकी दिपिकाको स्थाई घर भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सुगम बस्ती हो । बुबा दिपक श्रेष्ठ र आमा संगीता पसखल श्रेष्ठकी जेठी छोरीकी रुपमा जन्मेकी दिपिका नव यदायमान ब्यवासायी भएकी छन् ।
सानो उमेर देखि नै आफ्ना मामाघरका हजुर बुबा शशिसुन्दर पसखल हजुर आमा अम्वीका देवी पसखल बाट केही गर्नु पर्छ भन्ने भावनाले प्ररित रहेकी उनी सन् २०१२ मा एसएलसी पस्चात नै आफ्नो ब्यवसायमा लागेकी थिईन् । भक्तपुरको दत्तात्रयमा रहेको पिकक रेष्टुरेन्टबाट आफ्नो करियर सुरु गरेकी उनीलाई आफूले नै केही गर्नु पर्छ भन्ने जहिले रहेको उनी सुनाउँछिन् ।
पिककबाट सुरु गरेको उनको काम भक्तपुरको मुटुमा रहेको न्यातापोल रेष्टुरेन्टमा पनि विस्तार भयो । उनले हाल सम्म पनि उक्त दुवै रेष्टुरेन्टको एकाउन्ट हेर्दै आएकी छन् ।
यी त भए उनले काम गरेका विषय जसबाट उनलाई उद्यमी सम्म बन्न सहयोग मिल्यो । उनले आफ्नो पारिवारीक ब्यवसाय दुवै रेष्टुरेन्ट भन्दा पनि आफ्नो केही गर्नु पर्छ र उद्यमी बन्नु पर्छ भन्ने सोचका साथ मण्टेश्वरी प्रशिक्षकका लागी अध्ययन गरिन र अध्ययनको शिलशिलामा नै उनले पद्यमकन्या क्याम्पसका ६० जनालाई मण्टेश्वरी कसरी चलाउन सकिन्छ भन्ने विषयमा अरुलाई प्रशिक्षण दिन थालिन् । उनको पद्यमकन्या क्याम्पसबाट सुरु भएको प्रशिक्षण पेशाबाट हाल सम्म हजारौं मण्टेश्वरी चलाउने शिक्षक शिक्षिका प्रशिक्षित भई सकेका छन् ।
यसका साथ साथमा उनले सूर्यविनायक नगरपालिका वडा नम्वर ६ मा ट्रिलियम किन्डर वल्ड एण्ड टे«निङ सेन्टर
संचालन गर्दै आएकी छन् । सन् २०१६ मा जव उनी केवल २० वर्षकी मात्र थिईन उनले आफ्नो आमाकी बहिनी अर्थात सानीआमा निशा पसखलको प्रेरणाले मण्टेश्वरीमा लागानी र आफ्नै ब्यवसाय सुरु गरिन् । उनको मण्टेश्वरी प्रशिक्षण दिने र साना साना नानीहरुलाई फरक किसिमले अध्यापन गराउने दुवै ब्यवसाय एकै साथ चली रहेको छ ।
फरक काम गर्न भन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउने दिपिका कसरी अरुले भन्दा फरक किसिमले हामीले साना साना नानीहरुलाई शिक्षा दिन सके उनीहरु भविश्यमा सवल नागरिक बन्न सक्छन् भनी देश भर नै प्रशिक्षण दिदै हिडेकी छन् । उनले हाल सम्म पर्वतको आर्थर गाउँपालिका र फालेबास गाउँपालिकका विद्यालय देखि उनले पोखराका विभिन्न विद्यालय, भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रेका साथै भारतको सिक्किमको गल्र्स स्कुल लगाएतका विभिन्न स्थानमा प्रशिक्षण दिन पुगी सकेकी छन् ।
आफ्नो नै सानो भएपनि ब्यवसाय महिलाले गर्न सकेमात्र महिला आत्मनिर्भर हुने उनी बताउँछिन् । हाल देशमा महिला हिंसाको मात्र बढदो रहेको छ किन त भन्दा महिला अरु माथी निर्भर हुनु पर्ने भएकाले नै उनीहरु हिंसाबाट ग्रसित छन् यदी महिलाले स्व आत्मनिर्भर हुने बाटो पहिलाउने हो भने महिला हिंसाको श्रृखला पनि कमी हुने तथा आत्मसम्मान पाउन सक्ने उनी बताउँछिन् ।

...

All Comments.......


Please Login/Register To Comments