भक्तपुर । ख्वप साकोसद्वारा आयोजित अन्तर सदस्यीय बालचित्रकला प्रतियोगिता तथा  सो को पुरस्कार बितरण तथा समापन कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार लघुको  प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । सो कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघुले  बिजयी  भाइबहिनीलाई बधाई दिदै बाल बचतकर्ताहरुलाई उनीहरूको प्रतिभा प्रस्फुटन गराउन चित्रकला प्रतियोगिता आयोजना गरेको हो । भविष्यमा संस्थाको भवन निर्माण पछि चित्रकला लगाए अन्य तालिम पनि  दिने जानकारी गराउँदै संस्थाले ज्येष्ठ सदस्यहरुको एकदिने चौताराको गौराती भिमसेन अध्ययन अवलोकन भ्रमण गराएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष अमर बासुकलाले प्रतियोगिता अतिरिक्त क्रियाकलाप उपसमिति को आयोजनामा भएको जानकारी गराउँदै भविष्यमा बालबचत  सदस्यहरूको भ्रमण पनि आयोजना गर्ने जानकारी गराउनु भयो ।  चित्रकलाका प्रशिक्षक तथा निर्णायक  बालकृष्ण वनमालाले  भाइ बहिनीहरुलाई चित्रकला प्रतियोगितामा मात्र सिमित नभई  अध्ययनको साथै फुर्सदको समयमा चित्र लेख्दा राम्रो चित्र बन्छ । चित्र कलाको बिषयमा नेपालमा स्नातकोत्तर सम्मको अध्ययन सुरु  भइसकेको बताउनुभयो  ।कार्यक्रममा अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य अजेन्द्र कुमार लघुले सहभागी बाल बचतकर्तालाई धन्यवाद दिँदै चित्र लेख्नुको   साथै अध्ययन पनि दखल हुनु आवश्यक छ भन्नुभयो ।  कार्यक्रम अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक अमर बासुकलाको सभापतित्वमा सम्पन्न भएको थियो  ।प्रतियोगितामा  ३१ जना बालबचत  सदस्यहरूको सहभागिता रहेको थियो  । प्रतियोगिताको परिणाम अनुसार कक्षा ७ देखि ९ सम्मको समूहमा प्रथम युनिस ब्यान्जु,दोश्रो रोबर्ट कोजू र तेश्रो अनुष्टुप आचार्य भएका थिए।कक्षा १ देखि ३ सम्मको समूहमा  प्रथम रिदिसा त्यात, दोश्रो साइरस सुवाल र तÞेश्रो ह्वाईतली सुवाल  भएका थिए । कक्षा ४ देखि ६ सम्मको समूहमा प्रथम रोचक बासुकला, दोस्रो उरवी सुवाल र तेस्रो  दिक्षा लाखे  भएका थिए।  प्रतियोगितामा बिजयी तथा सहभागीलाई ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले पुरस्कार तथा प्रमाणपत्र  एवम् उपहार बितरण गर्नु भएको थियो।

...

All Comments.......


Please Login/Register To Comments