भक्तपुर । पछिल्लो स्थानीय निकायको निर्वाचनमा विजयी भएर पनि एकजना भक्तपुरका मेयरले यस पटकको निर्वाचनमा उम्मेदबारी दिएनन् । जिल्लाको चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा मेयरको उम्मेदबारीबाट पछाडि हटेका हुन् । मेयर मिश्रले उम्मेदबारी नदिएपछि उपमेयरमा विजयी विना बास्तोलालगायतले पार्टीबाट मेयरमा उम्मेदबारीको इच्छा राखेका छन् ।
जिल्लाको दुई वटा नगरपालिकाका मेयरहरुले भने दोहरिने इच्छा व्यक्त गरेका छन् । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मेयरमा दोहरिन चाहेर पार्टीमा उम्मेदबारी दिएका हुन् ।
यता भक्तपुर नगरपालिकामा भने उम्मेदबारीको कुनै अतोपतो छैन । उक्त नगरपालिकामा एकछत्र राज्य गर्दै आएको नेपाल मजदुर किसान पार्टीले जहिले पनि विपक्षी पार्टीका उम्मेदबार निश्चित भएपछि सोही अनुसारको उम्मेदबारी अन्तिम समयमा आएर मात्रै घोषणा गर्ने गर्दै आएको छ ।
भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् ।  

...

All Comments.......


Please Login/Register To Comments