देशै विरामी
  • Post Date 2022-04-12 13:42:51

तुल्सीनारायण लाखेमरु
एउटा रश्मिले देश सुन्दर हुन्छ । एउटा महावाणीले देशै हराभरा हुन्छ । मेहनती मान्छे पण्डित विद्वान हुन्छ, मेहनती  मान्छे असल डाक्टर हुन्छ । अुनुशासित वैज्ञानिक हुन्छ र गन्तव्यमा पुग्छ । यहाँ त एक थरी मान्छे कामै नगरि खाने छैन भने जस्तै पार्टीको नेता भएको हुन्छ । खानै नपाए पछि चोर्न जान्छ । त्यो स्भाविक नै हो । चोर्न जानलाई क्षमता दक्षता सबै मिलेको हुनुपर्छ । यो देशलाई पङ्गु बनाएको छ । जस्तै एउटा विदेशी रक्सी बोटलले परिवार बिग्रिन्छ भने जस्तै एउटा भोटले हजारौँ लाखाँै लाई चोट पु¥याउछ । एक जना विदेशी नेताको इशाराले सम्पूर्ण नदि नालाहरु सन्धि गर्छन । शासक वर्गको अकर्मनियताले हाम्रो देश नै बेच्छ । अनि देशै रुन्छ । प्रत्यक पाइला पाइलामा काडाँ छ । प्रत्यक श्वास प्रश्वासमा धुलो धुवा छ । प्रत्यक खाना–खान्दा पहिलो गाँस मै ढुङ्गा हुन्छ । अनि बोल्न, गाउन, हिड्नमा पनि बाधा हुन्छ । हरेक जिल्लामा सिमा मिचेको मिचै छ । अब विचार गरौँ त हेर्दा दोरी देखिदैन, यता उति चल्न खोज्दा चल्न मिल्दैन शासक वर्गको अल्पज्ञानिको आँखा छैन । शासक वर्गको टाँउको बुतले हाने पनि कु–कर्मको पाठले नै शासक वर्गको अकर्मन्यताले गँुहु  र गोबर भन्नेकुरा छुट्याउन नसक्ने गणेशमान सिंहले त्यसै भनेको होइन । जनता भनेको भेडा बाख्रा हुन् । अझ पनि होस्मा आउनु नेपाल आमालाई सम्झनु । अब बेला भयो प्रत्यक प्रत्रकार सम्पादाताहरुले देशको स्वाभिमान रक्षाको लागि जनताको घर आगन जन–जनमा वास्तविकता देश रक्षाको लागि आँखा नदेख्ने एमसिसि पास गर्ने देश द«ोही लाई भोट नदिनुस् । हाम्रो लाईहोइन राम्रोलाई दिनुस्, भोज खुवाउनेलाई होइन, जागिर मिलाउनेलाई होइन, देश बेच्नेलाई होइन । दर्जनौ नदि नाला अस्तित्व बेचे घर आँगनमा स्याल र ब्वाँसो भन्दा फरक पर्दैन ।  नेपाल भौगोलिक हिसावले जडिबुटिको देश हो । हिमाल, पहाड र तराई अन्नको भण्डारले ढुङ्गामा आगो हाल्दा पनि देश सुन्दर हुन्थ्यो । जति शिक्षा दिए पनि जति ज्ञान अर्ति दिदा पनि शासक वर्गमा करेन्ट सत भएको जस्तो एक दुई भन्दै फराकिलो हुनु सट्टा देश खुम्चिदै गएको छ । कस्तो शासक वर्ग हो । देश घाटि सम्धि सम्झौता गर्ने कांग्रेस, एमाले, माओवादी, सदभावना पार्टीहरुले जनताहरुको भावना नबुझ्ने निकम्मा पार्टीहरु । आखिर यस्ता पार्टीहरुमा भोट हाल्ने मन किन होस् त । पाइला किन सरोस् त । जुन जोगी आए पनि कानै चिरेका भने झै भयो । जनतालाई ऐन ठुलालाई चैन मात्रै त हुने होला नि । अबको स्थानिय चुनावमा एमसिसि पास गर्ने आफ्नो काका, मामा, ज्वाई, जेठान भएपनि देश द«ोही हुन र भोट दिनु हुँदैन ।

...

All Comments.......


Please Login/Register To Comments