भक्तपुर । विस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँंसो यहाँं यसरी नै लिंगो उठाउने गरिन्छ ।
यो लिगोलाई स्थानीय टोलबासीहरुले उठाउने गरिन्छ । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयबासीहरु हेर्न पुग्ने हुन्छन् ।  
प्रसिद्ध बिस्का जात्राको चौथो दिन यहा यो लिंगो उठाइन्छ । जात्रा चैत २७ गतेदेखि सुरु भएको थियो । पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो ।
जात्राको चौथो दिन आज साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिंगोंं) उठाइँंदैछ । यो जात्रा हेर्न दसौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् ।  
भक्तपुरको विस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा बैशाख ५ गते सकिन्छ ।  

...

All Comments.......


Please Login/Register To Comments