काठमाडौं । बालबालिकाहरुलाई राजनीतिबाट टाढा राख्नु अर्काे राजनीति भएको नेताहरुले बताएका छन् । कन्र्साेटियन नेपालले राजनीतिक दलहरुका प्रतिनिधि र बालबालिकासँंगको गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागी नेताहरुलाई बालबालिकाहरुलाई राजनीतिबाट टाढा राख्नु भनेको भोलि उनीहरु मतदाता हुँंदा असलको सटामा गलत उम्मेदरबारलाई जिताउनु हुने बताए ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य उर्मिला कार्की, नेपाली कांग्रेस घोषणापत्र तयारी समितिका सदस्य बंशलाल तामांग, नेकपा माओवादी केन्द्रका डिल्लीराम आचार्य, जनता समाजवाद पार्टीका केन्द्रिय सदस्य दुर्गा सोवलगायतले बालबालिकालाई सचेत पार्नुपर्ने बताए ।
कार्यक्रममा वैशाख ३० गतेका लागि घोषित स्थानीय निकायको निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग गरेर बालबालिकाको राजनीतिक दुरुपयोग नगर्न आग्रह गरियो । साथै निर्वाचनमा राजनीतिक दलहरुले बालबालिकाहरुको सवालहरुलाई घोषणापत्रमा राख्न पनि माग गरियो ।
बालबालिकाहरुले निर्वाचनमा सम्भवित राजनीतिक दुरुपयोग रोक्न विद्यालयमा राजनीतिक प्रयोग नगर्न आग्रह गरियो । साथै निर्वाचनमा बालबालिकाहरुको प्रयोगबारे अनुगमन गर्न, निर्वाचन अभियानमा नागरिक समाजको सक्रियता, जनचेतना एवं अभिमुखीकरणको काम गर्न, चुनाव प्रचारप्रसार, विजय जुलुश आदि जस्ता कार्यमा बालकालिकाहरुलाई सहभागी नगराउन आग्रह गरियो ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले बालबालिकाहरुले उठाएको माग आआफनो राजनीतिक दलको घोषणापत्रमा राख्ने प्रतिवद्धता जनाए । निर्वाचनमा बालबालिकाका विषयः बालबालिकाकै नेतृत्वमा भन्ने मुल अभियान कार्यक्रम आयोजक कन्र्साेटियन नेपालले गर्दै आएको अध्यक्ष मोहन दंगालले बताए ।  

...

All Comments.......


Please Login/Register To Comments