भक्तपुर । भक्तपुरको च्वङा गणेशमा आइतबार साँंझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।
दमकलको सहायताले झण्डै आधा घण्टामै डढेलो नियन्त्रण गर्न सफल भएको छ । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै रहेको दमकल कार्यालयबाट आएको दमकलले समयमै पुगेकोले मानवीय क्षति हुन पाएन ।
घटनास्थल नजिकै रहेका स्थानीय मानिसहरुले दमकललाई डढेलोको खवर दिएका थिए । हामीले चार वजेतिर डढेलो लागेको देख्यौं, अनि म आफैंले दमकललाई फोन गरेर खवर गरें, त्यहाँं कार्यालय रहेका नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ ईन्जिनियर कृष्णभक्त दुवालले भने, दमकल आएको आधा घण्टा जतिमा आगो नियन्त्रण गर्न सफल भयो ।
यो ठाउँं भक्तपुरको एउटा मुख्य धार्मिकस्थल हो । यो अरनिको राजमार्गको सल्लाघारीबाट उतरतिर नगरकोट जाने सडकमा रहेको छ । यही नजिकै सैनिक आवासयी स्कुल अनि भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी पनि छ । साथसाथै यो ठाउँं डा इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उतरमा छ । यो ठाउँं थुम्कोमा रहेको छ । यसको चारैतिरको भिरालो ठाउँंहरुमा जंगलजस्तै रुखविरुवा तथा झारपाटहरु छन् । यो ठाउँंमा समयसमयमा धार्मिक मेलाहरु लाग्छ । साथै यहांँ पिकनिक पनि उतिकै चल्छ । माथितिर सुन्दर ठाउँं रहेकोले यो चलचित्र छांकांकनका लागि पनि प्रख्यात छ ।
यो ठाउँमा पिकनिकमा आएकाहरुले फालेको चुरोटको थुटोबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

...

All Comments.......


Please Login/Register To Comments