बिन्दु घिमिरे
भक्तपुर । पारागन एकेडेमीमा राष्ट्रिय अभियान अन्तरगत आइतबार टाइफाइडविरुध्दको खोप संचालन गरिएको छ । कार्यक्रममा १५ महिनादेखि १५ वर्ष मुनिका नानीहरुलाई खोप लगाइएको छ । पारागनका साथै ग्लोबल, किन्डर र अन्य विद्यालय छेउछाउका गरेर एक हजार ७५ जना नानीहरुलाई खोप लगाइएको छ ।
बिहान नौ बजेदेखि दुई बजेसम्म कार्यक्रम संचालन गरिएको थियो । विद्यालयका प्रिन्सिपल लगाएत सबै शिक्षकशिक्षिकाहरु कार्यक्रममा पूर्ण रुपमा संलग्न भएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments