भक्तपुर । बिस्काको अन्तिम दिन सोमबार साँंझ तानिएको भैलख (भैरबको रथ) ले एकजना व्यक्ति च्यापिएका छन् ।
भैलख तान्ने क्रममा भक्तपुरको नासमनामा बसेर जात्रा हेरिरहेका एक व्यक्ति रथले च्यापिएका हुन् । रथले च्यापिएका उनको परिचय खुलेको छैन ।
च्यापिएका व्यक्ति अन्दाजी ६० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । रथ तान्ने क्रममा नासमना पुगेको रथलाई तौमढीतिर ल्याउने क्रममा दायाँतिर रहेका एक व्यक्तिलाई रथको दायाँ पाँग्राले च्यापेको प्रत्यक्षदर्शीले बताएका छन् । रथ अहिले पनि तान्ने क्रम जारी छ । घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको छ ।


...

All Comments.......


Please Login/Register To Comments