भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा २०७८ को परीक्षा बुधबारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यस वर्ष पाँचौं पटकको हो । परीक्षामा जम्मा परिक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेका छन् । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेका छन् । यहाँं सामुदायिक विद्यालय संख्या ६६ रहेका छन् । सामुदायिक विद्यालय संख्या १८ (एक खुला विद्यालयसमेत) रहेका छन् । संस्थागत विद्यालय संख्या ४८
र परीक्षा केन्द्रको संख्या १२ रहेका छन् । साथै आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि भक्तपुर नगरपालिकाबाट सञ्चालन भइरहेको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको हो ।
यसमा जम्मा ७९ वटा विद्यालयबाट दुई हजार दुई सय २६ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार वैशाख १५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।...

All Comments.......


Please Login/Register To Comments