भक्तपुर । पछिल्लो स्थानीय तहको निर्वाचतमा नेपाल मजदुर किसान पार्टी       (नेमकिपा) ले क्लिन स्विप .(प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु अनि सदस्यहरु सम्पूर्ण बिजयी हासिल) गरेको भक्तपुर नगरपालिका क्षेत्रमा सतारुढ गठबन्धनले तीन वटा वडामा जित हासिल गर्ने दावी गरिएको छ । सतारुढ कांग्रेस, एकीकृत माआवादी र नेकपा एसवीचको गठबन्धन भए भक्तपुर नगरपालिका क्षेत्रका तीन वटा वडामा जित हासिल गर्ने दावी गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एस भक्तपुरले उम्मेदबारी घोषणा गर्न बुधबार यहाँं गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष श्याम वस्नेतले गठबन्धन भए तीन वटा वडामा जित हासिल गर्ने दावी गरेको हो । तर उनले कुनकुन वडामा जित हासिल हुन्छ त्यो भने बताएनन् । सतारुढ गठबन्धनमा सहभागी उक्त पार्टीका अध्यक्ष वस्नेतले गठबन्धनका लागि छलफल जारी रहेको बताए । पाँंच दलीय गठबन्धनमा जनमोर्चा नेपाल भने भक्तपुरमा छैन । त्यही कारण यहां गठबन्धन भए चार दलवीच मात्रै भागबन्दा हुने छ ।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा उक्त नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, १० वटै वडा अध्यक्षहरु र सवै वडामा सवै सदस्यहरु नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments