भक्तपुर, ९ बैशाख । भक्तपुर जिल्ला फुटबल संघ गौतम सुजखु अध्यक्ष रहेको संघले अनधिकृत जिल्ला संघको निर्वाचन गर्ने समाचारहरु प्रकाशित भएपछि जिल्लाको निर्वाचन रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) मा ज्ञापन पत्र निवेदन महासचिव इन्द्रमान तुलाधरलाई हस्तातरण गरेको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
ज्ञानपत्र निवेदन बुझाउने क्रममा एन्फाका उपाध्यक्ष पंकज नेवाङले भक्तपुर जिल्लालाई कार्यवाही गरी प्रतिस्थापन गर्ने विधानमा नरहेकोले माइन्युट पुस्तिकामा नोट अफ डिसेन्ट लेखेको बताउनुभयो । उहाँले विधिको शासन हुनुपर्नेमा व्यक्तिको रुचि अनुसार संचालन गर्दा भक्तपुरको समस्या बल्झेको बताउनुभयो । उहाँले आज भक्तपुर प्रतिनिधि पात्र मात्र हुन त्यसरी नै अरु जिल्लालाई पनि गर्दै ल्याए कसरी एन्फा चल्छ र अहिले नै फिफाले आर्थिक नाकाबन्दी गरी सकेकोमा भोलि एन्फा नै विघटन गरेर टुलुटुलु हेरेर बस्ने त्यसैले एन्फालाई बचाउनको लागि सर्वोच्च अदालतमा मुद्दा पैरवी भई विचारधीन विषयमा अदालतको निर्णय विना चुनाव गराउन नहुने बताउनुभयो । उहाँले सुर्खेत जिल्लामा महासचिवले चिठी लेखेर निर्वाचन रोक्न हुने तर भक्तपुरमा निर्वाचन कमितिले मात्र रोक्न सक्ने कुरा गर्नु दुइ धारे कुरा भएको बताउनुभयो ।
ज्ञापन पत्र निवेदन बुझ्ने क्रममा महासचिव इन्द्रमान तुलाधरले कार्यसमितिमा भक्तपुर जिल्ला फुटबल संघको विवाद सुल्झाउन पटक पटक कुरा राखेको बताउँदै नेतृत्वले नचाहेसम्म केहि गर्न नसक्ने साथै अध्यक्षले अदालतमा गएको कुरा अदालतले नै टुङ्गो लगाउने बताउने गरेकोले अहिलेसम्म भक्तपुरको समस्या समाधान नभएको बताउनुभयो । उहाँले अदालतबाट गौतम सुजखुको जिल्ला फुटबल संघलाई आधिकारीताको फैसला गरेर अहिलेको निर्वाचितहरु र एन्फालाई समेत समस्या पर्ने भएकोले दुबै पक्षको आधिकारिकता नभएसम्म निर्वाचन नगराउँदा राम्रो हुने भएकोले त्यस्तै गर्ने कुरा गर्नुभयो । साथै एन्फाका कानुनी सल्लाहकारले सर्वोच्च अदालतमा विचाराधीन विषयमा निर्वाचन गराए कानुन व्यवसायीहरुको अनुमतिपत्र समेत खारेज हुनसक्ने बताउनुभयो ।
    ज्ञापनपत्र निवेदन अध्यक्ष गौतम सुजखुले हस्ताक्षरितमा अखिल नेपाल फुटबल संघको आशन्न अधिवेशनको लागि जिल्ला जिल्लामा फुटबल संघको अधिवेशन धमाधम भईरहेको समाचारहरु आई रहेको छ भन्ने २०७९ बैशाख ७ गतेको खेलपाटी अनलाइन समाचार प्राप्त भई जानकारी निर्वाचन रोक्न निवेदन पेश गरेको थियो ।
 उक्त समाचार अनुसार २०७९ बैशाख १० गते भक्तपुर जिल्ला संघको निर्वाचन हुने जानकारी प्राप्त भयो । भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको  अध्यक्षतामा नया“ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिड्ड शेर्पा निर्वाचित भएको थियो भने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो । त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भयो । तर साधारण सभामा एन्फाको अनियमितता र विकृति बारे कुरा उठाएको भरमा कार्यवाही गरी एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने सर्वसम्मत निर्णय अनुसार अहिले छ महिना नाघि सकेकोले गठित तदर्थ समिति स्वतः बदर हुने समेत देखिन्छ । १९ औं साधारण सभा यहि २०७७ माघ ६ गते भएको साधारण सभामा सहभागी हुन गौतम सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फुटबल संघले सहभागीको लागि २०७७ पुस २८ गते एन्फामा पत्राचार समेत गरेका थियौं । तर दुवै समितिलाई सहभागी नगराउने भनि तदर्थ समितिका सहभागीहरुलाई फिर्ता पठाएको थियो । उक्त साधारण सभाले समेत तदर्थ समितिलाई अनुमोदन समेत गरेन बरु गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन २७ वटा जिल्ला संघहरुले निवेदन समेत उक्त सम्मानित सभामा पेश गरेको थियो ।
भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्मानीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघलाई साधारण सभा र जिल्लाको निर्वाचन गराउनुपर्ने खेलपाटीको समाचार अनुसार हामी आधिकारीक संघलाई निर्वाचन नगराई एन्फाले पठाएको प्रर्यवेक्षक उपेन्द्रमान सिंहले बैशाख १० गते अर्कै व्यक्ति अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन गराउने दुस्साहसले सम्मानीय सर्बोच्च अदालतमा मुद्दा पैरबी भई बैशाख १९ गते पेशी समेत तोकि सकेको अवस्थामा अदालतको समेत अपहेलना हुने निर्वाचन गर्न लागेकोले उक्त निर्वाचन रोकि पाउ“ भनि यो निवदेन पेश गर्न आएको छु ।
उक्त ज्ञापनपत्र निवेदन उपाध्यक्ष रामकृष्ण प्रजापतिले पढेर सुनाउनु भएको थियो भने उक्त निवेदन सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समन्वय समिति र बोधार्थ उपेन्द्रमान सिंहको नाममा समेत एन्फामा बुझाएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष सुनिल प्रजापति, सदस्य इन्द्र राजलवट र एन्फाका पढाधिकारीहरुको सहभागी रहेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments