असम्भव कुराहरू भन्नाले नदीका दुई किनार कहिले नमिल्ने । मिलेपछि नदिको पानी कहाँ बग्छ ? जनताको प्रस्न छ । वर्तमानमा चुनावको सरगर्मी सुस्तसुस्त रूपमा चल्न थालेको छ । सबै दल र पार्टीहरूले सिध्दान्त र मूल्य मान्यतालाई थाती राखेर व्यक्ति र पार्टीका नेताहरूले एक आपसमा पार्टी परित्याग गर्ने, आर्काे पार्टीमा जाने आउने भएर  नै  क्षणिक स्वार्थमा अलमलिएर सोझासिधा जनताहरू आश्चर्य चकित भएका छन् ।
पार्टीका नेता र कार्कर्ताहरूले पार्टी ,सिध्दान्त र नियमलाई धोका दिईरहेकाछन् । पार्टीका नेता र कार्यकर्ताहरू सिध्दान्तमा अडगि भएर देश र जनताको सेवा गर्न लाग्नुपर्छ । जनता र आआफ्नो पार्टीलाई बदनाम गर्न लाग्नु हुन्दैन् । पार्टी स्वयम् राम्रो छ । पार्टीलाई असम्भव वस्तु र चिजमा सन्धि र सम्झौता गरेर पार्टीमा आस्था राख्नेहरूलाई दोधार पार्न नेता भनाउँदाहरू दुईजिब्रे भएकाछन् । जनताले नै जिताउने जनतालाई नै अबगाल आउने व्यवहार गरेर जनतालाई नै नराम्रो गरेको देखिन्छ ।
पद,पैसाको लागि भागवण्डामा लागेर जनतालाई पिरो खुर्सानीको धुलो आँखामा छरेर भन्या जस्तो जनतालाई लोभ लालचको वाटो  अप्नाई जनतालाई अपमान गरिरहेकाछन् । जनतावाट चुनिएर गएर जनताको निम्ति काम गर्छु भनी विभिन्न कबुल गरि गएर जनताको काम नगरी जनतालाईसुख दुःखमा साथ नदिनु पनि अपराधै हो । अहिले दलबल गरेर खालि पद र पैसाको निम्ति कहिले मिल्न नसकिने दलहरूसित मिल्नु पनि गदार हो । जति खुसी भएर दल परिवर्तन गरे ती सबै नै गदारहरू हुन् । भनिरहन्छन सधै एउँटैमा वसिरहनु हुन्दैन् मौकामा चौका हानुपर्छ भनेर दल चाहारेकाहरू धेरै छन् । के उहाँहरूसित प्रस्न राख्छु । के आमालाई पनि धेरै आमा भनी सके अब आमा नै आर्काे खोज्न मिल्छ ? पक्कै मिल्दैन् । दुईकिनार मिल्नुमा स्वार्थ रहेर सम्भव बनायो । चुनाव जित्नलाई जितेर जनतालाई अत्याचार गर्न हो । यस्ता दलको कुनै पनि उमेदवारलाई मत हालेर जिताउन हुन्दैन् । जनताले यस्ता मतियारहरूलाई बहिष्कार गर्नपर्छ । एमसिसी संसदवाट पास गर्नेहरूलाई पनि मत दिनु हुन्दैन् । चुनावमा विगतमा धोषणा पत्रमा जनतालाई वचन दिएर जनतालाई कबोल गरे अनुसार काम गर्ने जनताको कला सस्कृति ,सम्पदा वचावट गर्ने ,जनताको हिड्डुल गर्ने पुल पुलेसा वनाउने स्वास्थ केन्द्र , अस्पताल वनाउने , खाध्यान मल कुलो विऊ विजन र कोरोना आएको वेलामा जनचेतना दिएर उपचार गर्न सरसल्लाह दिने देशकोराम्रो मजदुर किसानहरूको दलका उमेदवारहरूलाई विजय गर्न मत हाल्नुपर्छ । मजदुर किसानहरू बलियो र जितेमा जनताहरूसंग सरसल्लाह गरि देश बचाउँछ । मजदुर किसानहरूलाई हिट हुनेकामहरू गर्छन् । हेर्नू भाइ बहिनीहरू हाम्रा आमा बुबा काकीहरू र छिमेकहरूलाई देशको राम्रो पार्टीका जनताको सेवा गरेको पार्टीलाई मत दिनु पर्छ भनेर घर घर  टोल छिमेक र  मास मिटिङ्गमा छलफल गरि मत राख्नुपर्छ भनुस् । चुनावमा यो दल पार्टीको राम्रो यो यो कारणले राम्रो छ भनी बताउनुस् । हामीले राम्रो कामलाई राम्रो छ भनेर भनिदिनु पर्छ । पाटी जति सुकै ठुलो भएर के गर्ने त्यहि ठूलो पाटीले देश वेच्न एमसिसी पास गरे भने पार्टी ठूलो भनेर आत्मा समर्पण गर्न मिल्दैन् ।
सेतोलाई सेतो कालोलाई कालो भनुपर्छ । आमा बुबाहरू र बाजे बजैहरूलाई  हामीले देश वस्तु स्थितीहरू राम्रोसित वताएर मत असल उमेदवार दिएर मतको पनि सदुपयोग दिनुपर्छ । मतको उपयोग गरेर जनताको राम्रो असल जाँगरिलो सत्यलाई सपोर्त गर्दा नै हामी गौरवान्नित बन्न अवसर मिल्छ । आत्मा सन्तोषले नै हाम्रो आयु लामो हुन्छ । नराम्रो उमेदवारको कालो कर्तुतहरू जनताको सामू वृतान्त खोलेर लेखी बोली छलङ्ग पार्नुपर्छ । अनि मात्र जनताले सुखानु भुति गर्न पाउनेछन् । गुण्डा ,भ्रष्टाचारको आरोप लागेको ,स्वार्थी तत्वहरूलाई ,चोर फटाहा ,डाँका दलका र देसघाटी तत्वहरूलाई चुनावमा पराजित गरेर बदला लिनु नै जनताको जित हो ।
अन्तमा परिवारसँग छलफल गरि हाम्रा भन्दा पनि जनतालाई राम्रो काममा सहयोग गरेकोलाई जिताऔँ । चुवान जहिले आउने होईन् । पाँचवर्षमा एकदिन आउने भएको हुनाले पश्चाताप गर्न नपर्ने गरि मतलाई उपयोग गरौँ । धारा, इनार, पाती पौवा ,मन्दिर सस्कृति ,
कलाकृति नदी नहर ,कुलो,खोल्सा डाँडा पाखा सिमाना पोखरी हिमाल धर्म सस्कार वचाउनेलाई हो मत दिने ।  केटी वेच्ने ,आफ्नै दिदी बहिनी वेच्ने बिगार्ने ,अनैतिक काम गर्ने, वडामा गर्नुपर्ने काम नगरी दाजुभाई र टोल छिमेकलाई दुःख दिनेलाई कडापि मत दिनु हुन्दैन् । उमेदवार छनौट गर्दा शोषित वर्गको सेवा गर्ने मूख्य काम गर्नेलाई जिताऔँ । नदिको दुई किनार रहन दिनुपर्छ । स्पष्टसित रहेको शोषित वर्गलाई उठाउनु पर्छ । शोषक र मित्र राष्टहरू दिएको उपहारहरू सस्तो मोलमा र कोरोनाको औषधिको सामानमा कमिसन खानेदललाई
चुनावले सजाय दिनु नै पर्छ ।...

All Comments.......


Please Login/Register To Comments