बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काभ्रेमा उम्मेदबारहरुको नामावली टुंगाएको छ । सार्वजनिक नाम अनुसार बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा रहेका छन् । यस्तै नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।...

All Comments.......


Please Login/Register To Comments