भक्तपुर । हरेक वर्ष अप्रिल १८ मा विश्वभर मनाइने विश्व सम्पदा दिवसको “सम्पदा र जलवायु” मुख्य नारा सहित यस वर्षपनि विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। सोही अवसरमा टुर दि लुम्बिनी फाउन्डेसनको आयोजनामा वैशाख १० गते काठमाडौं उपत्यकामा रहेका सात वटा विश्व सम्पदा स्थललाई जोड्ने सम्पदा साइकल यात्रा भव्यताका साथ सम्पन्न भएको छ। करिब ३०० साइकल यात्री सहभागी रहेको उक्त साइकल यात्रा बिहान बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएर स्वयम्भु, पशुपतिनाथ, बौद्ध, चांगुनारायण, भक्तपुर दरबार क्षेत्र हुदै पाटन दरबार क्षेत्रमा समापन भएको थियो। बौद्ध स्टुपाको परिक्रमा पश्छात मुलपानी देखि चांगुनारायणदेखि साइकल कनेक्ट भक्तपुरको टोलीले पथप्रदर्शकको भुमिका निर्वाह गर्दै देकोचा, कमलबिनायक, सुर्यमढी, दत्तात्रय, टौमढी  हुदै भक्तपुर दरबार क्षेत्रमा पुगेका यात्राका सहभागीहरूलाई भक्तपुर जेसिजले स्वागत गरेका थिए।
उक्त अवसरमा जलवायु परिवर्तनमा प्रदुषणयुक्त इन्धनबाट चल्ने यातायात क्षेत्रलाई साइकल जस्ता वातावरण मैत्री सवारी साधनले कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। प्रदुषणका कारण अरू क्षेत्र सगँ सगैँ मानव सभ्यताको चिनारीको रूपमा रहेका विश्व सम्पदाहरूमा परेको असरलाई न्यूनिकरण गर्न नीतिगत तह र स्थलगत तहमा विभिन्न कार्यक्रममा जोड दिनुपर्ने  विषयमा सहभागीहरूले आफ्नो विचार पेश गरेका थिए। यसको लागि यस क्षेत्रमा कार्यरत सम्पूर्ण क्लब तथा संस्थाहरूले एक आपसमा समन्वयको वातारण तयार गर्न आवश्यक रहेकोमा सहभागीहरूले एकमत व्यक्त गरे। युनेस्कोले करिब ६०% विश्व सम्पदाहरू जलवायु परिवर्तनकको कारण हुने गरेका वन डढेलो, बाढी पहिरो, हावा हुरी तथा  विलोपन जस्ता प्रकोपको खतरामा रहेको तथ्याङ्क तयार पारेको छ। काठमाडौं उपत्यका भित्रका पुराना बस्तीहरूलाई सवारी साधण मुक्त क्षेत्र बनाउन स्थानिय सरकारले पहल गर्नु पर्ने र शहर भरी साइकल तथा पैदल मैत्री संरचनाको लागि संयुक्त आवाज उठाउन आह्वान गरिएको छ। भक्तपुर दरबार क्षेत्रमा केही क्षणको विश्राम पश्छात पुनः मध्यपुर थिमी हुदैँ पाटनमा पुगेर उक्त सम्पदा यात्रा समापन भएको थियो।...

All Comments.......


Please Login/Register To Comments