भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा आफनो उम्मेदबारीका लागि भोलि सोमबार दिउँंसो १ बजेबाट पार्टी कार्र्यालय गोल्मढीमा भेला भई सुरु गर्ने भएको छ । दिसँंसो १ बजे पार्टी कार्यालयबाट पहिलाको जनज्योति पुस्तकालय दरवार क्षेत्रमा पुगी उम्मेदबारी दर्ता गर्न जाने जनाइएको छ ।
यसैवीच भक्तपुर नगरपालिका क्षेत्रमा पहिलो दिन १२ जनाले मात्रै उम्मेदबारी दर्ता गराएका छन् । दुई वटा पार्टी र स्वतन्त्र गरी तिनीहरुले उम्मेदबारी दिएका हुन् । मेयरमा दुई वटा पार्टीबाट दुई जना र स्वतन्त्रबाट एकजनाले उम्मेदबारी दिएका छन् । मेयर पदका लागि नेपा राष्टिय पार्टीबाट गोपालदास बनेपाली र मौलिक जरोकिलो पार्टीबाट कृष्णराम प्रजापतिले उम्मेदबारी दिएका छन् । साथै मेयरमा स्वतन्त्रकोतर्फबाट सत्यराम त्वायनाले उम्मेदबारी दिएका छन् ।
यता उपमेयरमा भने एकजनाले मात्रै उम्मेदबारी दिएका छन् । उपमेयरमा मौलिक जरोकिलो पार्टीबाट सुस्ना कोजूले उम्मेदबारी दिएका छन् ।
वडा अध्यक्षमा भने आठ जनाले उम्मेदबारी दिएका छन् । स्वतन्त्रबाट दुुई जना र बांँकी ६ जना मौलिक जरोकिलो पार्टीबाट उम्मेदबारी दिइएको छ । स्वतन्त्रबाट वडा नं ६ का लागि रामप्रसाद कुम्पाख र वडा नं २ का लागि संचज्ञान याकामीले उम्मेदबारी दर्ता गराएका छन् । बांकी ६ जना उम्मेदबारी जरोकिलो पार्टीबाट दिइएको हो । उसले वडा नं ६, १०, ३,७, १ र ५ वडाको वडा अध्यक्षका लागि उम्मेदबारी दिइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments