भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति नौ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रण गर्न सकिएको थियो ।
मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले संचालन गर्दै आएको ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगोलागी भएको थियो । खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकलको सहयोगमा साढे दुई बजे मात्रै आगोलागी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगोलागीबाट गोदामभित्र रहेको (ट्वाईलेट, बाथरुम, पाईपका सामानहरु र अन्य हार्डवेयरका सामानहरु) अन्दाजी सात करोड पचास लाख बराबरको जली नष्ट भएको अनुमान गरिएको छ । अन्य थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

...

All Comments.......


Please Login/Register To Comments