काभ्रे । लामो समय नेपाली काँग्रेसको राजनीतिमा रहेका समाजसेवी, कलाकार एवं नेपाली काँग्रेसका खम्बाका रुपमा रहेका विकु थोकरले पार्टी परित्याग गर्नुभएको छ ।
पार्टीको साधारण सदस्य समेत नरहने गरी उहाँले पार्टी परित्याग गर्नुभएको जानकारी दिनुभएको छ ।
आसन्न निर्वाचनमा रोशी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका उहाँ उपचारका क्रममा भारत रहनु पर्दा उम्मेदवारी दर्ता गर्न असक्षम भएकोप्रति समस्तमा क्षमा माग्दै उहाँले आफू अव कुनै पनि राजनीतिक दलमा आवद्द नभएको समेत जानकारी दिनुभएको हो ।
थोकर हाल दिल्लीमा नसा सम्वन्धी उपचारका लागि अस्पताल भर्ना हुनु भएको छ ।


...

All Comments.......


Please Login/Register To Comments