भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीमा बस्ने बर्ष ७५ की एक बृद्धाले विष सेवन गरी आत्महत्या गरेकी छन् । स्थानीय इन्द्रशोभा रन्जितकारले आफ्नै घरमा ओपी नामक तरकारी बालीमा हाल्ने विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विषय सेवनपछि अशक्त भई उपचारको लागि मध्यपुर अस्पताल लगिएको उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

...

All Comments.......


Please Login/Register To Comments