भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि चारदोबाटो चोकमा सोमबार राति साढे १० बजे भएको दुर्घटनामा परी एकजनाका् मृत्यु भएको छ । नया थिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख  ८५८१ नं.को ट्रिपर र गठ्ठाघरबाट नयाँ थिमितर्फ आउदै गरेको बा. प्र.०२–०२३ प ७७६९ नं.को स्कुटर एक आपसमा ठोकिन गई दुर्घटना हुँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउपालिका ६ घर भई हाल  भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल ठकुरी गाँउं बस्ने बर्ष ३२ को ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी स्कुटर पछाडि सवार म्याग्दी बेनी नगरपालिका ४ घर भई हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका ३ झौखेल बस्ने बर्ष ३३ को बिमल श्रेष्ठको मध्यपर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र ट्रिपर चालक रामेछाप दोरम्बा गाउँंपापालिका ४ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ सिद्धिकाली बस्ने बर्ष ३६ को तुलबहादुर सापकोटा प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

...

All Comments.......


Please Login/Register To Comments