सुनिल सापकोटा
भोलि अङ्ग्रेजी तारिखको मई एक हो।सन् १८८६माअमेरिका को शिकागो शहरमा श्रमिकहरुले आठ घन्टा काम,आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको माग राखी आन्दोलनको शुरूवात गरेका थिए। त्यसैको सम्झनामा यो मइ  दिवस दुनियाँभरी बर्सेनि मनाउने  गरिन्छ । हुन त त्यो भन्दा अगाडी पनि फान्समा मजदुरहरुले आन्दोलन गरेको इतिहास पाइन्छ। दुनियाँमा सामन्तवादको अन्त्य र पूँजीवादको उदय संगै श्रमिक आन्दोलन को सुरुवात भएको हो।
अन्तर्राष्ट्रिय रुपमा आज  यो दुनियाँका प्रायः सबै मुलुकहरुले  श्रम दिवस वा मजदुर दिवस मनाउने गर्दछन। हाम्रो देश नेपालमा पनि  बि . सं. २०२० साल  देखि हाल सम्म मई दिवस मनाउने गरिएता पनि यहाँ  यो एउटा कर्म काण्डमा मात्रै सिमित छ । किनभने म स्वयं पनि  करिव १२ ÷ १४ बर्ष  जति “  ट्रेड युनियन “  र बैंक युनियनको विभिन्न पदहरुमा  बसी  काम गरि सकेको ब्यक्ती हुँ । यहाँ अझै पनि मजदुरहरु आर्थिक रुपले  भयानक समस्या ग्रस्त छन।
लोकतन्त्रको उदय पछी यहाँ मजदुरहरुको हत हितका लागि जति सरकारले  काम  गर्न सक्थ्यो  त्यति काम गरेको पाइदैन । नेपालमा  विभिन्न नयाँ नयाँ युनियनहरु त खुले तर  यहाँ  श्रम भन्दा पूँजी लाई नै बढी महत्व दिएको पाइयो।  अर्थात् हामी कहाँ जति पनि लोकतन्त्र पछी  सरकारहरु बने ती सबैले पूँजीपतीहरुको लाभको लागि मात्र ध्यान दिएको मैले देखें ।  कसैले मजदुरहरुको हक हित लाई गम्भीर  भएर  सोचेको देखिन । मजदुरहरु लाई अहिले पनि उनिहरुको श्रमको उचित ज्याला ( तलब ) भत्ता ,  सुबिधाहरु दिइएको छैन । न कुनै सरकारले यहाँ मजदुरहरुको लागि कुनै ठोस कल्याणकारी योजनाहरु ल्याउन सकेको पाइयो । मैले  त  खाली झारा टार्ने काम मात्र गरेको देखें।
अहिले  नेपालमा कानुन बने पनि बाल मजदुरी कायमै छ । महिला मजदुरहरुको  कम ज्याला र उनिहरु माथि यौन शोषणहरु  कायमै छ । मजदुरहरुको  सुबिधाहरु पनि वर्तमान परिप्रेक्षमा  प्रयाप्त छैनन्। यस्ता यावत बिसंगती , विकृती र  शोषणका कुराहरु छन, जसलाई सुधार गर्न  उहिलै  सकिन्थ्यो । त्यस्मा न राजनैतिक दलहरुले , न ट्रेड युनियनकानेताहरुले, न विगत र वर्तमानका सरकारहरुले सुधार गरेको देखियो। यहाँ जति पनि राजनीति  दलहरु छन तिनिहरु सबैले मजदुरहरु लाइ खाली  आ आफ्नो भोट बैक बढाउने  काममा मात्र प्रयोग गरेको देखियो  । अनि यहाँका मजदुर नेता भनाउदाहरु पनि  मजदुरहरुको नाउँमा राजनैतिक दलहरुको  स्वार्थ पूरा गर्ने  र राजनीतिक दलहरुका नेताहरु लाई खुशी पारी गुटबन्दी गरि आफ्नो दुनो सोझ्याउने काममा मात्र तल्लिन रहेको देखियो। यस्को मुख्य कारण के हो हाम्रो देशमा मजदुरबर्गको युनियनहरुमा वास्तविक मजदुरहरुको प्रतिनिधित्व न रहनु हो । किनभने मेरो लामो अनुभवमा यहाँका ट्रेड युनियनहरुको उच्च नेतृत्वमा  वास्तविक मजदुरहरु न भइ  सम्बन्धित राजनैतिक दलका नेताहरु र गैर मजदुरहरुको नेतृत्वदायी भूमिकाको कारणले पनि त्यस्तो भएको हो । अहिले पनि नेपालमा ट्रेड युनियनहरु राजनैतिक दलहरुको भातृ संगठन भएर दलको स्वार्थमा काम गरिरहेका छन। मलाइ लाग्छ  जबसम्म मेहनतकश वास्तविक मजदुरहरु आफ्नो ट्रेड युनियनहरुको  उच्च  नेतृत्वमा  पुग्दैनन र बहिस्कृत भइ रहन्छन्  तब सम्म  हाम्रो देशमा मजदुरहरुको अवस्थामा सुधार हुँदैन । ट्रेड युनियन आन्दोलन अगाडि बढदैन। मुलुकमा अहिले आर्थिक संकटको बेला आफ्नो रोजीरोटीको अभावमा विभिन्न शहरहरुमा पलायन गरेका हजारौं पुरुष तथा महिला  मजदुरहरु  आज विभिन्न  किसिमका समस्याहरुमा ग्रसित  छन ।  तिनिहरुको लागि कुनै ठोस नीति तथा कार्यक्रमहरु तत्काल विगत र  अहिलेको सरकारले बनाउनु पर्नेमा यो  त आफ्नै दलको राजनितीक खिचातानीमा नै रुमलिएको छ । यो सरकार बाट मजदुरहरुले सुधारको आशा गर्नु बेकार छ । अझ  गाउँका अन्य असंगठित क्षेत्रका मजदुर हरुको त के कुरा गर्नु।
धेरै न लेखुँ होला । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा  मेरा पूर्व र वर्तमान समकालीन ट्रेड युनियनका साथीहरू लगायत सबै मजदुरबर्गमा जय नेपाल र लाल सलाम। इति।...

All Comments.......


Please Login/Register To Comments