भक्तपुर । स्वतन्त्रतर्फबाट भक्तपुर नगरपालिकामा मेयर पदमा उम्मेदबारी दिएका सत्यराम त्वायनाले आफूहरुको माग पूरा भए उम्मेदबारीबाट पछि हटन आफूहरुलाई कुनै समस्या नभएको बताएका छन् । आफनो प्रतिवद्धतापत्र सार्वजनिक गर्न भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा उनले जुन दलले माग पूरा गरिदिन्छु भनी लिखित प्रतिवद्धता दिन्छ त्यो दललाई साथ दिने गरी आफूहरु उम्मेदबारबाट पछि हटन समस्या नभएको बताएका हुन् ।
उम्मेदबरी फिर्ता लिने समय वितिसके पनि जुन दलसँंग सहमति भयो त्यही दलको पक्षमा आफूहरुको मत जाने उनले जनाए । उनले यसका लागि नेपाली कांग्रेस, एमाले, राष्टिय प्रजातन्त्र पार्टीलगायतका ठूला दलहरुसँंग वार्ता चलिरहेको बताए । नगरमा प्रभुत्व रहेको नेपाल मजदुर किसान पार्टीसँंग भने यस विषयमा कुराकानी नभएको उनले जानकारी गराए ।
उनको भनाई अनुसार विशेष गरेर भक्तपुर नगरपालिका वडा नं २ व्यासीमा आफूहरुकोतर्फबाट वडा अध्यक्षका उम्मेदबारलाई सहमति भएको दललाई सघाउन लगाउने र आफू र वडा नं ६ का उम्मेदबार पछि हटने कुरा ती दलहरुसँंग भइरहेका छन् ।
प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा उनले २४ वटा प्रतिवद्धताहरु जनाएका छन् । सार्वजनिक प्रतिवद्धता पत्रमा खानेपानीको समस्या समाधान गरिदिने, भूकम्पले क्षति बनाएको घरको पुननिर्माण गर्न सहयोग गर्नेलगायतका छन् । पहिलो नम्वरमा नगरको खानेपानी समस्या समाधान गरिदिने प्रतिवद्धता उनको रहेको छ । आफू मेयर पदमा विजयी भए दुई महिनाभित्र नगरभित्रको खानेपानीको समस्या समाधान गरिदिने उल्लेख छ । साथै भूकम्पले भत्केका व्यक्तिगत घरहरु बनाउन सहयोग गर्ने प्रतिवद्धता उनले जनाएका छन् । अहिले नगरपालिकाले साँंस्कृतिक सम्पदाहरु मात्रै जोगाउनतिर लागेको भन्दै दुःख व्यक्त गरे ।  
सम्मेलनमा त्वायनाले भक्तपुर नगरपालिकाबाट पीडितहरुकोतर्फबाट आफूले स्वतन्त्र रुपमा उम्मेदबारी दिएको बताए । विशेष गरेर नगरपालिकाबाट गरेको देको मिवा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिकोतर्फबाट आफूले उम्मेदबारी दिएको उनले बताए । यो क्षेत्रमा जग्गापीडितहरु विशेष गरेर भक्तपुर नगरपालिका वडा नं २ व्यासी र वडा नं ६ महाकाली क्षेत्रका रहेकाले आफूसहित उक्त दुई वटा वडामा वडा अध्यक्षहरु पनि संयुक्त रुपमा उम्मेदबारी दिएको उनले बताए ।  
सम्मेलनमा स्वतन्त्रतर्फबाट वडा नं २ का उम्मेदबार संचज्ञान याकामी र वडा नं ६ का वडा अध्यक्षका उम्मेदबार रामप्रसाद कुम्पाखलगायतको उपस्थिति रहेको थियो ।   

...

All Comments.......


Please Login/Register To Comments