भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा प्रमुख दुई दलका उम्मेदवारले आआफ्नै पार्टीले निर्वाचन जित्ने दाबी गरेका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा नेकपा एमालेका नगर प्रमुखको उम्मेदवार मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले आफुले नै निर्वाचन जित्ने दाबी गरेका हुन् ।
एमालेका उम्मेदवार श्रेष्ठले गएको पाँच वर्षमा आफूले नगरपालिकामा धेरै काम गरेर जनताको मन जित्न सफल भएकाले आफूले नै निर्वाचन जित्ने दाबी गरे ।
उनले नगरपालिकामा आफुले फोहोर व्यवस्थापन गरेको, नगर अस्पतालाई व्यवस्थित गरेको र ७५३ वटै स्थानीय तहमा नगरपालिकाले स्थानीय सरकार लेख्ने पहिलो नगरपालिका भएकाले सो कामका आधारमा आफूल पुनः निर्वाचन जित्ने दाबी गरे । उनले भन, “ आफूले पहिलो कार्यकामाल धेरै काम गरेको केही कार्यभार पूरा गर्न बाँकी भएकाले पुनः सो कार्यभार पूरा गर्न आफूले नगर प्रमुखको पदमा उम्मेदवारी दिएको हुँ ।”
नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार श्रेष्ठले अघिल्लो नगरपालिकाको अघिल्लो कार्यकालमा काँग्रेसका बहुमत प्रतिनिधि रहेकाले नगरपालिकाले गरेको कामको स्वामित्व काँग्रेसले लिने दाबी गरे ।
अघिल्लो कार्यकालमा काँग्रेसका प्रतिनिधिले विकासको काममा नगर प्रमुखलाई कुनै अवरोध नगरेको भन्दै राम्रो कामको पक्षमा काँग्रेस सधै सकारात्मक रहेको स्पष्ट पारे । काँग्रेसले नगरपालिकामा मेलम्चीको पानी सहज रुपमा वितरण गर्ने, व्यवस्थित सहर निर्माणा गर्ने, सुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्ने रोजगारी सिर्जना गर्ने लगायतका काम गर्ने गरी घोषणा पत्र निर्माण गरी जनतासामू गइरहेको बताए । पार्टीगत रुपमा फरकफरक भए पनि नाताका हिसावले उनीहरु ज्वाईजेठान हुन् ।
...

All Comments.......


Please Login/Register To Comments