भक्तपुर । पु्ँजीवादीहरु नेपाली युवाहरुलाई विकृतिमा फसाएर मतिभ्रष्ट बनाई राज गर्न लालायित रहन्छन्, विदेशीको गुलाम बनाउन चाहन्छन् । तर, हामी युवालाई देशभक्त, सृजनशील नागरिक बनाउँछौुं उक्त भनाइ भनपा नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले नेपाल क्रान्तिकारी युवा संघ भनपा ८ वडा समितिको आयोजनामा भएको युवाहरुसँग उम्मेदवार विषयक कार्यक्रममा व्यक्त गरेका हुन् । साथै उम्मेदवार प्रजापतिले जाँगरिला युवा, समृद्ध नगरको आधार भएकोले युवाहरु उदाहरणीय बन्न, नगरको नेतृत्व गर्न सुझाव दिए ।
निर्वाचन घोषणापत्रको लडाइँ रहेको औंल्याउँदै पाँचदलीय गठबन्धनप्रति लक्षित गर्दै उनले गठबन्धन आपसमा मिलेर खान बनाइएको ठगबन्धन नै रहेको उल्ल्ेख गर्दै सो गठबन्धन विरुद्धमा नेमकिपा सतिसाल झै एक्लै चुनाव लड्ने बताए ।
नेमकिपा भक्तपुर नगरका अध्यक्ष नारायण बहादुृर दुवालले भक्तपुरलाई सन्तुलित विकास गर्ने सोच पार्टीको पहिला देखिकै सोच रहेको औंल्याउदैँ चुनावमा सही ठाउँमा मत प्रयोग गर्न युवाहरुमा आव्हान गर्नुभयो ।
भनपा ८ नं. वडाध्यक्ष महेन्द्र खायमलीले नेपालकै अव्यवस्थित नगरलाई नमुना बनाउन जनप्रतिनिधिको योगदान अतुलनीय रहेको बताए ।
त्यस्तै नेमकिपाको तर्फबाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद कोजू, महिला वडासदस्य सुमित्रा बोहजू, वडासदस्यहरु कृष्णलाल किसि र रामसुन्दर बासीले युवाहरु माझ वडाको विकासमा दत्तचित भएर लागिपर्ने, दिलोज्यानले काम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे ।
आयोजक समितिका अध्यक्ष रमण बोहजूको सभापतित्वमा सम्पन्न सो भेलामा कमलराज गोसाई, संगिता दुवाललगायत युवाहरुले सुन्दर स्वच्छ, व्यवस्थित नगरको परिकल्पना जसले साकार पार्न सक्छ, प्रविधियुक्त सुशानमा जोड, श्रमप्रधान शिक्षा, युवा खेलकुद, रोजगारी र उद्यशीलता विकासका लागि योजनाबद्ध तालिमलगायतका विषयमा जसले सम्बोधन गर्छ उसैले हाम्रो मत हुने धारणा राखे ।

...

All Comments.......


Please Login/Register To Comments