भक्तपुर । आसन्न स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० को तयारीमा नेपाली कागेस सूर्यविनायक नगरपालिका सक्रियताकासाथ जुटेको छ । सोमबार बिहानैदेखि नगर प्रमुख कांग्रेसका उम्मेदबार निशान ढुंगेल तथा उपप्रमुख नेकपा (एकिकृत समाजवादी) का उम्मेदबार श्यामसुन्दर बस्नेतले वडानं ७ गुण्डुका विभिन्न क्षेत्रमा  घरदैलो कार्यक्रम गर्नुभएको छ ।
गणेशमान बाटिका क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रममा नेपाली काग्रेसका स्थानिय नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा नगरप्रमुखका उम्मेदवार निशान ढुंगेल, उपप्रमुखका उम्मेदवार श्याम सुन्दर बस्नेत, ७ नम्बर वडाका वडा अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका हरिबहादुर खड्का, काग्रेसका उम्मेदवार सदस्यहरु महिला सदस्य रुस्मीना प्रजापति, दलित महिला सदस्य तारा रम्तेल, रामकुमार कार्की र मदन तामाङ्ग ह्ुनुहन्थ्यो।
घरदैंलो कार्यक्रममा मत माग्न आएका उम्मेदवारहरुलाई स्थानियले उत्साहकासाथ स्वागत गर्दे, टिका, खादा लगाईदिएका थिए।
वडानं ७ मा नगरप्रमुख, उपप्रमुख लगायतका वडा अध्यक्ष तथा सदस्यहरुको वृहत ¥याली, नाराकासाथ घरदैलो कार्यक्रम सम्मन्न भएको छ भने नगरका अन्य वडाहरुका पनि भव्यताकासाथ घरदैलो कार्यक्रम संचालन भएको छ ।
सुनपा, वडा नं ८ मा कांगे्रसका वडा अध्यक्षका उम्मेदवार विदुरमान सिंह बस्नेत तथा सदस्यहरु महिला उम्मेदवार उषा तामाङ्ग, दलित महिला उम्मेदवार नानु नेपाली तथा वडा सदस्य उम्मेदवार निरज तसिजु र शशि बस्नेतले घरदैलो कार्यक्रममा मतदातासँग मत माग्नु भएको थियो। घरदैलो कार्यक्रम वडानं ८ का गणेशथान, दार्जिलिङ्ग हाइट, परिवर्तन टोल, स्रूर्यविनायक चोक, गुन्जा चोकमा संचालन भएको थियो।
सूर्यविनायक नगर पालिकामा लोकतान्त्रिक गठबनधनका उम्मेदबारहरु छन् ।

...

All Comments.......


Please Login/Register To Comments