कुमार  लघु ,
सुन जोखम सय पटक मानिसलाई जोखम एक पटक । मानिसलाई एक पटक व्यवहार गरेपछि मानिस कस्तो भनेर थाहा पाउन सकिन्छ । त्यो बेमान भनेर चिने पछि उसलाई आर्को पटकदेखि व्यवहार र सुन झै जोख्न पर्दैन ।
यसको उदाहरण चुनावमा मानिस वा मतदाताहरूले सक्कलि र नक्कलि मानिस वा उमेदवार चिनिने मौका हो । नराम्रो उमेदवार त जिताउन दिन कहिले मत हाल्न हुन्दैन । कमजोर त्यो जुन पदमा उठेको हो त्यो सित त्यो पदको निम्ति चाहिने क्यापासिटी छैन भने त्यो अयोग्य उमेदवारलाई अवसर दिनु हुन्दैन । मानिसले जो जुन उमेदवार बनेको हो उसको जिवनमा जनताको सेवा गर्दै बसेको हो रु  उ भरखर पार्टीको सदस्यता लिएको र चुनावमा उठेको हो भने त टोलवासी दाजु भाई दिदी वहिनीहरूले मत दिनु हुन्न कि उसको पेसा नै होईन भने थाहा हुदाँहुन्दै मत दिएमा अरूको देखा सिकीमात्र गर्छ । जनतासित कहिले घुमिल नभएको मानिस थर्काएर हिड्ने ,युवाहरूलाई कुट्डै, काट्डै हिड्ने र घरजग्गा गरि र सिने क्षेत्रमा लागेर खेत जोती किसान भएर पनि राजनैतिक घरातलमा ताचि गरेकोलाई के भनौ 
  राजनैतिक क्षेत्रमा भनेको देश र जनतालाई आपत् परेको वेलामा देशको परिस्थीति सित घुमघाम र देशकाल परिस्थिती वुझेको किसान ,विध्यार्थीकाल देखिनै लागेको संघ ,संगठनमा राजनैतिक कक्षा लिएर सबैले मनपराएको  व्यक्तित्वहरूले राजनीतिमा पाईला राखेर देश र जनताको सेवा गर्दै आईरहेको उमेदवारहरूलाई मत दिनु पर्छ । तब जनताको सेवा गर्न लाग्छ । म राजनीतिमा लाग्दा कक्षामा भनेको अहिलेसम्म याद छ पैसा कमाउनेहो भने  व्यापार गर्ने जनताको सेवा गर्ने भए राजनीति गर्ने । हो यहाँ अवसर नपाएर मात्र कमाउनलाई ठग राजनीति गरेर महल बनाएर जनतालाई झुक्याईरहेका राजनीतिज्ञ भयो । नक्कलि राजनीति गरि जनतालाई भ(र्याङ माथी चढिरहेकोहरूको बखान र कुरा नै जनताहरू सुन चाहान्न । हो रानैतिक गद्दारगर्ने नेतादेखि कार्यकर्ताहरू नेपालमाछन् । शत्ता भनेको त राजनैतिक पापीहरूमात्र रहेको पायो । समाजवादमा  मानिसलाई लोभ देखाई तर्साई मात्र राखेको नेपालमा देखियो चिनियाँहरूले त जनतालाई ठग्ने नक्कलि कम्यनिष्टहरूमात्र भएको निष्कर्ष निकालेको सर्वत्र चर्चाको विषय बनेको थियो । नेपालमा नेतृत्व वर्गसित अनुशासन छैन् । उसैको निकायहरूमा वस्नेहरूको तहमा पनि अनुशासन छैन् ।
अनुशासन सवै तह तप्कासित चाहिने तत्व हो ।जहाँ अनुशासन र निमय कानूनलाई टोड्छ त्याँहा विकास र प्रगती शून्य हुन्छ । गरिवहरू कहिले माथि  उकासिने छैन् । अहिले भएको अनुशासनको नियम मिचेको परिणाम जनताले भोग्न परेको छ । अनुशासन माथिलो निकायले टोडेको जनताले सजाय स्वरूप पाईरहेको छ। जनताले शिक्षित हुन नपाएर नेता वर्गले जनतालाई अत्याचार गर्ने मौका पाएको र लिन सकेको हो ।  अवको समयमा जनताले नेताहरूलाई मत दिन नहुने हो। नेताले  जनतालाई पनि भेडा जे भनिरहेको छ । त्यो भन्न दिने अवसर दिनु हुन्दैन् त्यस्ता नेताहरूलाई पनि चुनावमा जिताउनु हुन्दैन् । नयाँ पुस्ताका नेता अनुशासन र जनता प्रती उत्तरदायित्व भएका युवा वर्गलाई मौका दिनुपर्छ । कुनै पनि पदमा दुई पटकमात्र उठ्ने जिताउने संविधानमा नियम नै कोर्नु र लेख्नुपर्छ । अनि दुई पटक जित्नलाई मेहनत गर्छन जनतालाई माया र जनताले हामीलाई माया गर्नेलाई जिताउनु देशभक्त र राष्ट्लाई अगाडि वढाउनेलाई जिताउनु पर्छ । चुनावले राम्रा र वुध्दिकरलाई छान्नुपर्छ ।
     सामाजिक प्राणी जस्तो गरिमामय स्थानमा वस्ने मानिसमा समाजले पालना गर्नु  पर्ने नियमलाई पालना नगर्नेलाई कुनै पनि जिम्मेवारीमा पठाउन हुन्दैन  । यो चुनावमा पनि टोल वडा देशलाई समाजले चाहेको मुताविक कार्य गर्नेलाई छान्नुपर्छ ।  देशभक्त र राष्टको सेवा गर्नेलाई विजय गराउन पर्छ ।
    समाजले अयोग्यलाई अवसर दिनु हुन्दैन् । हस त आजलाई यो विषयमा यहीसम्म मात्र टुङगो लगाई तपाईहरूसित विदा माग्छु । धन्यवाद ।
२०७९र०१र२२ गते...

All Comments.......


Please Login/Register To Comments