भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ का एमालेका वडा अध्यक्षका उम्मेदवार सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयबाटै चुनावप्रचार प्रसारमा भेटिएका छन् ।
निर्वाचनका लागि वडा अध्यक्षबाट राजिनामा दिएर पुन उम्मेदवारका रुपमा रहेका नेकपा एमालेका उम्मेदवार श्यामसुन्दर धिमाल वडा कार्यालयको अध्यक्षको कार्याकक्षमा नै बसेर चुनावी क्रियाकलापमा संलग्न भएको अवस्थामा फेला परेका हुन् । सरकारी गाडीमा (जिल्ला समन्वय समितिको सभापतिको गाडी)मा आएका उनले वडा कार्यालयबाट नै चुनावी क्रियाकलाप गरेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछि सरकारी गाडी भागेको थियो भने धिमालले भने फोटो नलिन र बाहिर कार्यकक्षबाट बाहिर निक्लन धम्की दिएका स्थानीयले बताएका छन् ।
असन्न निर्वाचनका लागि उम्मेदवार हुने जो कोही स्थानीय निकायका पदाधिकारीले राजिनामा दिनुपर्ने र चुनावी क्रियाकलाप पनि वडा कार्यालयबाट गर्न नपाउने भए पनि एमालेका वडा अध्यक्ष उम्मेदवार धिमाल भने पहिलाको कार्याकक्षबाट नै निर्वाचन केन्द्रित क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला परेका हुन् ।
निवर्तमान वडा अध्यक्षतथा ने.क.पा (एमाले) का तर्फबाट पुनः वडाध्यक्षका उम्मेदवार श्याम सुन्दर धिमाल एवं निवर्तमान महिला सदस्यतथा ने.क.पा (एमाले) का तर्फबाट पुनःमहिला सदस्यका उम्मेदवार रमा थापाले राजिनामा दिएर छोडिसकेको वडा कार्यालयको कुर्सी तथा कार्यकक्षमा बसी चुनावी गतिविधि सम्बन्धित छलफल, उपभोक्ता समिति गठन, सञ्चार माध्यमलाई  अन्र्तवार्ता दिने लगायतका निर्वाचन आचारसंहिताको ठाडो रुपमा उंलघन गरेका हुन् ।
उनीहरुको यस्तो गतिविधिको नेपाली काँग्रेस, राप्रपा नेमकिपालगाएतका दलले विरोध गरेका छन् । दलका उम्मेदवारले सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयमा नै बसेर चुनावी क्रियाकलापमा भेटिनु ठाडो रुपमा निर्वाचन आचार संहिताको उलंघन भएको नेपाली काँग्रेस झौखेलका सभापति राजेश शाही ठकुरीले बताउनुभयो ।  
निर्वाचनको समयमा वडा कार्यालयबाट भएको गतिविधिको स्थानीयबासी, बुद्धिजिवी तथा समाजसेवीहरुले यस्प्रति आपत्ति जनाउँदा पनि निर्वतमान वडाअ अध्यक्ष एवं वर्तमान उम्मेदवार धिमालले धाक रबाफ देखाउने काम गरेको सभापति ठकुरीले बताउनुभयो ।
वडा कार्यालय आमजनताको सेवा सुविधा निम्ति मात्र प्रयोग गर्नुपर्नेमा दलिय हित तथा भोट कमाउने दुषित नियतले दुरुपयोग गर्न नपाउने भन्दै उहाँले निर्वाचन आयोग भक्तपुरको ध्यानआर्कशण सहित विज्ञप्ती जारी गर्नुभएको छ ।


...

All Comments.......


Please Login/Register To Comments