भक्तपुर । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट भक्तपुर नगरपालिका वडा नं ५ मा वडा अध्यक्षमा उम्मेदबारी दिएका योगेन्द्रमान विजुक्छें घरदैलो चुनावी अभियानमा व्यस्त भएका छन् । पार्टी कार्यकर्ताहरुसहित उनी वडाका घरघरमा पुगेर आफूहरुलाई जिताउन अनुरोधसहित भोट मागिरहेका छन्
पछिल्लो स्थानीय तहको निर्वाचनमा यस वडामा वडा अध्यक्षसहित सदस्यहरुको सम्पूर्ण टोली नै विजयी भएको थियो । उक्त बेला नेमकिपाबाट उम्मेदबारी दिएका पूर्व शिक्षक प्रेमगोपाल कर्माचार्य वडा अध्यक्षमा विजयी भएका थिए ।
यो पटक पनि त्यही विरासतलाई कायम राख्न बिजुक्छें कसरतरत छन् । यस पटक पनि यस वडामा नेमकिपाबाट जितको सुरुवातसमेत भइसकेको छ । यस वडाबाट वडा सदस्यमा सरिना द्यौला विजयी भइसकेकी छिन् । अन्य प्रतिस्पर्धीहरु नभए पछि उनी स्वतः विजयी भएकी हुन् ।   

...

All Comments.......


Please Login/Register To Comments