काठमाडौं । हात सफा राखौं – सुरक्षित रहन एकजुट होऔं भन्ने नारा सहित विश्वभर हातको स्वच्छता दिवश मनाईयो । शौचालय प्रयोग पछि अनिवार्य हात धुनु पर्ने कुरा जनस्वास्थ्य को हिसावले अनिवार्य भएको र यस्लाई प्रारम्भिक कक्षा देखि सिकाउनु पर्ने आवश्यकता लाई औंल्याउँदै मानिसको व्यवहार परिवर्तन नै स्वस्थ जीवन यापनका आधार भएको कुरा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका प्रमुख प्रशासक नोडनारायण चौधरी ले चर्चा गर्नु भयो।
विश्व हातको स्वच्छता दिवस ५ मे, २०२२ को अवसरमा परम्परागत र अत्याधुनिक शौचालय प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अघि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण ललितपुर महानगरपालिकामा रहेको सार्वजनिक शौचालयमा विश्व स्वास्थ्य संगठन (ध्ज्इ), खानेपानी तथा ढल व्यवस्थापन विभाग (म्ध्क्क्ः), हिक्याफ ३६० (ज्क्ष्ऋब्ँघटण्), राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, एरोशान सस्टेनेवल स्यानिटेशन र गैर सरकारी संस्था गुथिको संयुक्त आयोजनामा ३ दिन अनुसन्धान अध्ययन गरिएको थियो ।
ललितपुर महानगरपालिका स्थित परम्परागत सार्वजनिक शौचालयमा प्रति घण्टा ७५ जना र आधुनिकमा १५ जना प्रयोगकर्ताहरुले शौचालय प्रयोग गरेको अध्ययनले देखाएको थियो । विशेष गरि महिला प्रयोगकर्ताहरुलाई फोहोर पानीले संक्रमण हुन सक्ने भएकोले महिलाहरुलाई शौचालय प्रयोग गर्न असहज हुने गर्दछ । परम्परागत सार्वजनिक शौचालयमा हात धुनका लागि स्वच्छ पानी र सावुनको उचित व्यवस्था नभएकोले २५% प्रयोगकर्ताहरुले पानीले मात्र हात धोएको देखियो भने आधुनिक शौचालयमा स्वच्छ पानी र सावुनको उचित व्यवस्था भएकोले १००% ले सावुन पानीले हात धोएका थिए । यसरी हेर्दा परम्परागत शौचालयको हात धुने प्रयोगकर्ताहरुको संख्या भन्दा आधुनिक शौचालयका प्रयोगकर्ताहरुको हात धुने संख्या बढी रहेको तथ्याङ्कले देखाएको थियो ।
अनुसन्धानको क्रममा परम्परागत तथा आधुनिक शौचालयमा प्रयोग हुने धाराको पानीको गुणस्तर परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि (भ्–ऋयष्)ि किटाणुको संक्रमण देखियो भने आधुनिक शौचालयको धाराको पानीमा गुणस्तर राम्रो रहेको र कुनै किटाणुबाट संक्रमण नभएको अध्ययनमा पाईएको थियो ।
ईकोलि एक प्रकारको किटाणु हो जुन विशेष गरि दिसामा पाईने गर्दछ । पानीको मुहान तथा श्रोतहरुमा दिसाजन्य फोहोरको संक्रमण हुँदा यस्ता किटाणुहरु देखिने गर्दछ । यस्तो पानीको प्रयोग गर्दा वा शौचालय प्रयोग पश्चात राम्ररी सावुन पानीले हात नधोएमा मानिसहरुलाई झाडापखाला, उल्टि, हैजा जस्ता रोगको संक्रमण हुने सम्भावना अत्याधिक हुने गर्दछ ।  
परम्परागत र आधुनिक शौचालयका प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अगाडि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि किटाणुको संक्रमण रहेको पाइएको छ भने आधुनिक सार्वजनिक शौचालयको प्रयोगकर्तामा इकोलि किटाणुको संक्रमण नरहेको पुष्टि गरेको छ ।
एरोशान हव सार्वजानिक शौचालयमा स्रोतको पानी स्वच्छ र किटाणु रहित पाईनुका साथै प्रयोग कर्ताहरूले अनिवार्य शौचालय प्रयोग पछि हात धुनुले यस्को महत्व र उपादेयता लाई थप महत्व दिएको एरोशान का कार्यकारी प्रमुख प्रकाश अमात्यले भन्नु भयो।
राजा राम पोटे श्रेष्ठ, प्रतिनिधि, विश्व स्वास्थ्य संगठनले हात धुने सामान्य बानीले ८० प्रतिशत पानी जन्य रोगको रोकथाम गर्न सकिने भएकोले शौचालय प्रयोग पछि अनिवार्य हात धुने र शौचालय को अवस्था लाई व्यापक सुधार गर्नुपर्ने कुरा मा जोड दिंदै समुदाय मा आधारित भएर हात धोएर पानी परिक्षण गरि सचेतना फैलाउन राष्ट्रिय अभियान गर्न सकिने बताउनुभयो।...

All Comments.......


Please Login/Register To Comments