भक्तपुर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन पचिालन समितिको आयोजनामा व्यासीमा चुनावी सभा शनिबार सम्पन्न भयो । सो सभामा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले यो चुनावमाृ नेमकिपाले  जाली फटाहा, भ्रष्टाचारी र राष्ट्रघाटीहरुलाई पराजित गर्ने हो । इमान्दारीपूर्वक देश र जनताको सेवा गरी आमूल परिवर्तन लागि परिस्थीती तगार गर्ने हो  । चुनाव भन्नेको बहुदल आइसकेपछि  सिद्धान्तको लडाई हो  । घोषणा पत्रको लडाई हो । यो चुनाब  पनि एक प्रकारको बर्ग सघर्ष हो , एक किसिमको सघर्ष हो । काम गरी खाने एक बर्ग एकातिर हो । कामदार वर्गलाई दुःख दिनेहरु एकातिर हो । अव एमसीसी पास भएपछि एमसीसी समर्थक राष्ट्रघाटीहरु एकातिर र एमसीसीको विरोध गर्ने देशभक्त एकातिर हो । अहिलेको चुनाव देशभक्त र राष्ट्रघाटी बीचको लडाई हो । राष्ट्रघाटीलाई पराजित गर्न देशभक्त पार्र्टी नेमकिपाको चुनाव चिन्ह मादलमा छाप लगाई देशभक्त उम्मेदबारलाई  जिताउन पर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकामा नेमकिपाबाट मेयर पदका उम्मेदबार सुनिल प्रजापतिले  भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द तथा  सम्पदा संरक्षित शहरको रुपमा  विकास गर्न प्रयत्न गरेको चर्चा गर्दै बाँकी कार्यहरु ख्वप विश्व विद्यालय स्थापना गर्न प्रयत्न गर्ने हो भन्नुभयो ।  उहाँले भक्तपुर नगर नमूना नगरको रुपमा विकास भएकोले  विभिन्न जिल्ला र नगरको जनप्रतिनिधीहरु आई अवलोकन भ्रमण गरेको भक्तपुरमा झै ख्वप मोडेल विकास गर्ने चाहना लिएर गएको बाताउनुभयो । उहाँले  भक्तपर नपाले  जनताको सामीप्यतामा रही विकास निर्माण अगाडि बढाएको चर्चा गर्दै जनताको हितको लागि र व्यवस्थित आवास क्षेत्र बन्दोवस्तको  लागि देको ,मिवा, इतापाखे एकीकरण आयोजना निस्वार्थ रुपमा सञ्चालन गरेको चर्चा गर्दै जग्गा दलाली र सार्वजनिक सम्पति हडप्ने मान्छे स्वतन्त्र रुपमा मेयरको प्रत्यासी बन्नेको छ । कुनै  पनि मान्छे स्वतन्त्र हुनै सक्दैन  कि त उ प्रतिगामी हुन्छ कि त प्रगतिशिल हुन्छ । सार्वजनिक जग्गा हडप्ने  विभिन्न पार्टीको उक्साहतमा नपाद्धारा सञ्चालित व्यवस्थित आवासको विरोध गर्ने, नेमकिपाको विरोध गर्नेहरु प्रतिगामी हो । देको, मिवा, इतापाखे  जग्गा एकीकरण आयोजना छिटै सम्पन्न गर्न नेमकिपाका उम्मेदबारलाई मादल चिन्हमा छाप लगाई अत्यधिक बहुमतले जिताउन आवश्यक छ भन्नुभयो ।
नेमकिपाबाट उपमेयर पदका उम्मेदबार रजनी जोशीले ख्वप मोडेलबारे चर्चा गर्दै  ख्वप विश्व विद्यालय स्थापना गर्न सके मेडिकल कलेज स्थापना भई भक्तपुरमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने चर्चा गर्नभयो ।
नेमकिपा २ वडा निर्वाचन परिचालन समितिको संयोजक रविन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रमका  नेमकिपाबाट २ नं वडाका लागि अध्यक्ष पदका प्रत्याशि हरिप्रसाद बासुकला, बालमुकुण्द बासुकला, लक्ष्मीभक्त लासिवा, वडा सदस्यका उम्मेदबारहरु श्यामसुन्दर मातां, मन्जुमैंया लाखा, न्हुछेराम कोजू,  र नगर निर्वाचन परिचालन समितिका ज्ञानसागर प्रजापतिलगायतले मादल चिन्हमा छाप लगाई नेमकिपाका उम्मेदबारहरुलाई जिताउनु पर्ने बताउनुभयो । कार्यक्रमको वीचवीचमा जन सांस्कृतिक कलाकार विनोद विक, व्यासी सांस्कृतिक समुहका कलाकारहरु सुन्दर व्यान्जू, सुन्दरीमैंया गोरा चण्डश्वरी याकामीको टोली , राधेश्याम बासुकलाको टोली, र भोलाछें दाफा भजन समूहका  कलाकारहरु केपी थुसा र पुनम दुवालको टोलीले देशभक्ति तथा मादलमा छाप लगाई नेमकिपालाई जिताउन  जन पक्षीय गीत प्रस्तुत गर्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments