डा इन्दुल केसी, भक्तपुर ९८४१३३४११३

यो तिहारको द्यौसीभैलो होइन
यसपाली चुनावको यो वैशाखमा भाँंडभैलो ।

नाना रंगीविरंगी झण्डा बोकी
हाम्रा गाउँंघरको मुहारै फेर्ने भन्दै
योजना, कार्यक्रमहरुको फेरिस्त फलाक्दै
बाचावचन कवुलको झ्याउरे गीत गाउँंदै
सवैको घरदैलोमा अमूल्य भोट माग्दै
देखवाटी जनसेवक वन्ने अभिलासा लिंदै
थरीथरीका झुण्डझुण्ड मानिसहरु आइरहेका छन् ।

भोजभतेरको निम्तो बाँंडदै
अनेकौं उपहारहरु मतदाता—जनता जनार्दनलाई चढाउँंदै
गुटउपगुटवीच गालीगलौज र ताली बजाउँंदै
अपशव्दहरु प्रयोगको जुहारी खेल्दै
भोट माग्न नोटको विटो बाँंडदै
आफू नै एक नम्वरको जनसेवक हुँं भन्दै
प्रत्येक गाउँं सहर टोलटोलमा डुल्दै
घोषणापत्र, प्रतिवद्धतापत्र, कुवलपत्र बोक्दै
मतदाताहरुलाई अनेकौं विकासे सपना देखाउंँदै ।

यो तिहारको द्यौसीभैलो होइन
यसपाली चुनावको यो वैशाखमा भाँंडभैलो ।

...

All Comments.......


Please Login/Register To Comments