मादल
  • Post Date 2022-05-08 13:36:21

तल्सीनारायण लाखेमरु
हुन्न हुन्न देशघाती एमसिसि पास गर्नेलाई भोट दिनु हुन्न । यहाँ त अनगिन्ती मुटुभरी मादल छ । तराइर्, पहाड, हिमाली भेगमा तपाई हाम्रो घर आँगन मादल छ ।
२०४६ साल देखि २०७९ सालसम्म आँउदासम्म त्यहीँ रुप त्यहीँ रेखा त्यहीँ व्यक्ति मात्र देखापर्छ । त्यहीँ प्रचण्ड, त्यहीँ केपी शर्मा ओली र त्यहीँ शेरबहादुर देउवा । राजनिति संस्कार नभएको लाई उम्मेदवार बनाउछ । कांग्रेसमा, एमालेमा, माओवादीमा, ठेकेदार, व्यापारीहरुलाई उम्मेदवार बनाउँछ । यसरी जाँदा खेरि देश खाल्डो पर्ने अन्योलमा र भद«गोलमा पुग्छ । गलत सावित हुन्छ ।
राजनिती एउटा श्रीखण्ड र शालीग्राम सम्झनु पर्छ । राजनितिकर्मीहरुले जनताहरुलाई जहिले पनि शिरमा राख्नुपर्छ र मनमा राख्नुपर्छ । अहिले त श्रीखण्ड पनि थाहा छैन र शालीग्राम पनि थाहा छैन । पाचँ दशक छ दशकसम्म पार्टीमा निस्र्वाथमा आफ्नो घर परिवारसमेत नभनि पार्टीको नियम निष्ठामा बसी सबैलाई पवित्र आदर्श समाज उत्थानको लागि काम गर्ने बाँचा गरेको हुन्छ । यहाँ त अचम्म लाग्छ पार्टीको आफ्नो मान्छे भन्दै ठेकेदार, व्यापारीहरुलाई उम्मेदवार बनाउँदा खेरि बुद्ध जन्मेको देशै बिर्सने होकी ? जन्म भूमि नै बिर्सने होकी ? पार्टीहरुले हेर्नु पर्ने कुरा ठेकेदार भनेको जिम्मेवार व्यक्ति होइन, व्यापारी मान्छे राजनितिको लागि होइन । ठेकेदार सँग लाखौँ लाख र काना कौरी पनि लिन हुन्न पञ्च महापाप लाग्छ । झट्ट देर्खा खुसी लाग्छ विचार गर्दा खेरि दुख लाग्छ । सबै सचेत जनताहरुले थाहा हुन प¥यो । नत्र पैसा नहुने, बल नहुने, रोजगार नहुने मान्छेलाई कल्पना बाहेकको कुरा हुन्छ । २०७९।०१।३० गते को निर्वाचनमा प्रतिक्षा गर्दै मनन् गर्छ असल राजनैतिकहरु व्यक्तिहरुले राजनैतिक दर्शन देख्न पाउन मुस्किल हुन्छ । यसमा सबै क्षेत्रबाट आवश्यक पर्छ । नत्र देश गम्भीर अवस्था पुग्छ । शासक वर्गमा शान्ति कहिलै हुदैन खाली जनतालाई ढाट्ने, छल कपत, दृश्य वा अदृश्य बाट होस् जस्तै आकाशको फल आँखा तरि मर । बन जलेको देख्ने सारा जनताको मन दुखेको नदेख्ने । कागले भ्यागुतोको मुटु झिक्ने । हो शासक वर्गले पनि कागले जस्तै एमसिसि पार गरियो, जहिले पनि खोला नाला विक्री गर्ने बानी , बिरालो लाई मन पर्ने दुध दही जस्तै, देशै विक्री गर्ने बानी कुलत जस्तो भई सक्यो । क्यान्सर भन्दा पनि खतरनाक एमसिसि पास भई सक्यो । जनताले के भन्छ होला भन्ने पटकै डर छैन ।
तसर्थ एमसिसि पास नगर्ने पार्टी भनेको नेपाल मजदुर किसान पार्टी (मादल) हो । पानी पर्छ बादलले देशको निकास दिन्छ मादलले ।

देशैभरि चुनाव चुनाव
शासक वर्गमा तनाव तनाव

...

All Comments.......


Please Login/Register To Comments