कुमार लघु
देश चुनावमय छ । चुनाव लागिसक्यो । ठाउँठाउँमा आआफ्नो पार्टीका र स्वतन्त्र उमेदवारहरूले  प्रचार प्रसार गरिरहेका छन् । ठाउँठाउँमा विभिन्न तछाडमछाड परेका छन् । यसो हेर्दा भक्तपुरमा अहिलेसम्म त शान्तिपूर्ण छन् । चुनाव भनेको घोषणा पत्र, विचारको लडाई र जनताको चेतनास्तर नाप्ने व्यारोमित हो । जनताहरू शिक्षित भए असल र राम्रो काम गर्ने निर्वाचनले छनौट गर्ने काम चुनावमा हुन्छ । चुनावी सभामा राजनैतिक सस्कार नभएका नेता भनाउँदाहरूले जनताको मत भड्काउनलाई जथाभावी आरोप लगाउन्छन् । जनता पनि क्षणिक स्वार्थको लागि मनले सोेचेर मत सिट्टैजाने र नजित्ने उमेदवारलाई राख्न तत्पर हुन्छ मत खेर फाल्छन् । हामीले सोचेर जित्ने उमेदवार देशभक्तहरूलाई राख्नुपर्छ । देशलाई अर्कार्काे हातमा सुम्पनेका कार्यकर्ताहरू र  एमसिसी पक्षधरहरूलाई दिनु हुन्दैन । आज मानौ देश नेपाललाई बेच्यो। ठूला राष्ट्यि भनाउँदा पार्टीहरूले जस्मा अस्ति वानेश्र्वरमा धर्ना  वस्न जादा नै थाहा लागेको हुनुपर्छ । झुठको खेती गर्नेहरूदेखि जनताहरू सतर्क हुनुपर्छ । जनतालाई वारम्वार ठगेको नेतालाई पनि थाहा छ जनतालाई थाहा छ । तै पनि समय अनुसार नयाँ कुराले जनताहरू कार्यकर्ता लगाई चुनावमा विभिन्न मतदाताहरू प्रभाबित हुने हथकन्दा प्रयोग गरि जनताहरू थग्न नेता र कार्यकर्ताहरू माहिर छन् ।
           यस पटक जनताहरू चुनावमा सतर्क हुनुपर्छ । देशमा भएको पार्टीहरूका कार्यकर्ताहरू चुनावमा उमेदवार भई मत माग्न आउनु स्वभाविक हो । ती भोट माग्न आउने मध्ये सज्जन, कर्मथ,निडर, लगनशिल, क्षमतावान, स्नातक  गरेको ,जनताको सेवा गरेको र सुख दुःखमा साथ दिने निरन्तर राजनैतिक कक्षा लिई रहेका उमेदवार चुनावले छनौट गर्नुस् ।
    
         यो चुनावमा एमसिसी पक्षधर र एमसिसी विरोधी पक्षधरको  विचमा तक्कर पर्छ । जनताले देश वेच्नलाई जिताउँछ कि वा जनताले  देश वेच्नेहरूलाई निर्वाचित गर्छ त्यो समयले देखाउँने छन् । यदि एमसिसी विरोधीलाई जितायो जनताले सन्तोषको सास फेर्न पायो । न यदि एमसिसी पक्षधरलाई ,देश वेच्नेलाई नै जनताले लोभ खोजेर मत वा भोट खसालेमा जनताले दुःख झेल्न तयार रहनुपर्छ । जनताले दुःख लिन तयार रहने कुरै होईन जनताले त सुख  पो लिन तयार रहने हो । त्यसैले दुःख दिनेलाई चुनावले विद्रोहको आवाज छ भनेर हराउने हो । प्रतिगामी ,देशद्रोही एमसिसी पक्षलाई हराउनु पर्छ । चुनावमा सत्य काम गर्नेलाई जिताउनु पर्छ।असत्य काम गर्नेलाई हराउनु पर्छ । हिजोको कालमा नदी वेचे, हिजोको कालमा देशलाई नै जेल वनाउनेहरू मैदानमा लाज पचाई देश डौदाहमाछन् । जनताको देशमा स्वन्त्रतापूर्वक हिड्डुल गर्न पाउने अधिकारमा वन्देज यिनीहरू जिते फेरि देशलाई र टोललाई जेल वनाउन वेर छैन् ।
              जनताको पक्षमा रहने देश वचाउने दल चिनेर यो ०७९ सालको वैशाख ३० गतेको चुनावलाई उपयोग जनताले गर्न पर्छ । अत्यधिक मत देशभक्तलाई दिनुपर्छ । विगतमा पालिकामा वसेर जनताको छोराछोरी पढाउन कलेज खोले , जनताको उपचार गर्न कसले क्यान्सर अस्पताल खोल्न जग्गा प्रदान गरे , जनस्वास्थ खोलेर जनताको सेवा गरे , राष्टिय रूपमा देश जोगाउन कुन पार्टीले संसदमा आवाज राखे कसले र कुन पार्टीले देश वेच्न एमसिसी पास गरे यस्तै चिनेर मत दिनुपर्छ ।
भक्तपुरमा कला सस्कृति जोगाउन जिवनको अमूल्य समय कसले दिए । जनताको सेवा गरेको आँखाले हेरेर,सुनेर र जनतालाई सुख दिन जसले दुःख खायो उसलाई जनताले जिताउनु पर्छ । तब जिवनमा सुख हुन्छ ।
अन्तमा वैशाख ३० गते आआफ्नो वडामा सक्षम निडर निश्पक्ष न्याय दिए कर्मथ जनताका योद्दालाई अत्यधिक मत दिएर विजय गराउनु पर्छ । पाँच वर्षसम्मको लागि जनप्रतिनिधि  चुनुपर्छ । आज कसले हाम्रो सेवा गर्छ त्यस्ता व्यक्तित्वलाई चुनिनको लागि हार्दिक आह्वान छ । प्रतिगामी,देशद्रोही एमसिसी पक्षलाई हराउनु पर्छ । प्रगतीशिल उमेदवारलाई जिताउनु पर्छ । जित जनताको हुनेछ ।

...

All Comments.......


Please Login/Register To Comments