भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश वेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् । देखिंदा धेरै पार्टीहरु चुनावी प्रतिस्पर्धा देखिए पनि सारमा देश जोगाउने र वचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाई छ । एमसीसीको पक्षमा रहेका पार्टीहरु देश बेच्ने र विरोधी पार्टीहरु देश जोगाउने पक्षमा रहेको उनको भनाई थियो ।
मंगलबार राति भक्तपुरमा भएको अन्तिम चुनावी सभामा बोल्दै उनले भने, तपाईहरुले पनि वैशाख ३० गते शुक्रबार भोट राख्दा यही कुरालाई विचार गर्नुहोस् । कांग्रेस, एमाले र माओवादी पार्टीले एमसीसीको समर्थन गरेकाले उनले देश वेच्ने पार्टी भएको र नेपाल मजदुर किसान पार्टीबाहेकका केही पार्टीहरुले एमसीसीको विपक्षमा रहेर देश बचाउने पार्टीमा दर्ज भएको उनले विश्लेषण थियो ।
उनले भने, अहिले चुनावमा जोसुकैले भोट माग्न आए पनि सारमा यहाँंहरुले यी दुईमध्ये एक रोज्नुपर्ने हुन्छ । त्यही कारण यो चुनाव देशभक्त र देश विरोधीहरुको जनमत बुझने चुनाव पनि भएको उनले विश्लेषण गरे । त्यसकारण देश वचाउने पार्टीहरुलाई देखिंदाखेरी हारे पनि सारमा देशभक्त जनताको मत दर्शाउन त्यस्ता पार्टीहरुलाई मत हाल्न उनले अनुरोध गरे । उनले कांग्रेस, एमाले, माओवादी अमेरिकी दास भएको आरोप पनि लगाए ।

...

All Comments.......


Please Login/Register To Comments