काठमाडौं ः युवा लोकपप गायक विशाल बिसी र करिश्मा मगरको अर्को लोकपप गीत सहित बजारमा देखा परेका छन् । उनले फोन मै सल्लाह भो बोलको लोक पप गीतको म्युजिक भिडियो हालै युट्युबमा सार्वजनीक गरेका हुन् ।
गायकद्वय विशाल र करिश्मालाई ¥यापर टेकराज अकस्थीले ¥यापिङमा साथ दिएका छन् । गायनमा भविश्य खोजिरहेका उदीयमान गायक बिसीको स्वरमा सजिएको उक्त गीतमा टेकराज अछामीको शब्द र सङ्गीत रहेको छ भने सन्तोष सुनामले सङ्गीत संयोजन गरेका हुन् ।
उदीयमान कलाकार आयुष्मा ढकाल र गायक विशाल स्वयमको अभिनय रहेको भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन् । नयाँ पिँढी केन्द्रित उक्त भिडियोमा विक्रम बराल पान्डेको सिनेमाटोग्रफी रहेको छ । टेकराज अछामी युट्युब च्यानल मार्फत सार्वजनीक म्युजिक बाहेक गायक बिसीका अन्य लोकपप गीत युट्युब मार्फत सार्वजनीक भइसकेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments