काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकामा १७२ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।  
देशभर पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३४ जना डिस्चार्ज भएका छन् भने थप २ जनाको मृत्यु भएको छ।
हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ। कोरोनाका कारण १०४ जनाको ज्यान गइसकेको छ।

...

All Comments.......


Please Login/Register To Comments