भक्तपुर । भक्तपुरमा ७६ प्रतिशत मत खसेको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी चाँंगुनारायण नगरपालिकामा ७७ प्रतिशत मत खसको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ७६ प्रतिशत मत खसेको छ । त्यस्तै सूर्यविनायक र मध्यपुर थिमिमा ७५ पचहतर प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
जिल्लाका चार वटा नगरपालिकाहरुमा दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शुक्रबार शान्तिपूर्ण रुपमा मतदान भए । जिल्लामा भक्तपुरमा ४३ हजार तीन सय ७४, मध्यपुर थिमिमा ३१ हजार चार सय १०, चाँंगुनारायणमा ३३ हजार दुई सय ८८ र सूर्यविनायकमा ३५ हजार पाँंच सय ५१ वटा मत खसेको आयोगका सूचना अधिकारी भीमबहादुर विसीले बताए ।
जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा थिए । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरु थिए । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा रहेका थिए । त्यहाँं ४६ वटा मतदान केन्द्रहरु थिए । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु थिए ।

...

All Comments.......


Please Login/Register To Comments