भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेले अग्रता थालेको छ ।
विहानबाट सुरु भएको मतगणना अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. १ को मत गन्दा एमालेले अग्रता लिएको हो ।
मतगणना अनुसार एमालेकातर्फबाट मेयर पदकी उम्मेदवार बिना बास्तोलाले २३८, नेपाली काँग्रेसका जीवन खत्रीले २२५ मत पाएका छन् ।
यसैगरी उपमेयरमा एमालेका रमेश बुढाथोकीले २४० र नेपाली काँग्रेसकी सुभद्रा काफ्लेले १२६ मत पाएकी छन् ।
वडाध्यक्षमा एमालेका उम्मेदवारले २५८ पाउँदा काँग्रेसका उम्मेदवारले २२४ मत पाएका छन् ।
एमालेका मेयरभन्दा उपमेयर अघि रहेको देखिएको छ ।
यो तत्यांक विहान साढे नौ बजेसम्मको हो ।


...

All Comments.......


Please Login/Register To Comments