भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट नेकपा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ ।
नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले ८९९ मत ल्याएका छन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित भएका थिए ।
यस्तै सिरुटारमा एमालेले वडा अध्यक्षसहित खुल्ला महिला सदस्यमा मंजु कार्की, दलित महिला सदस्यमा कल्पना कार्की, खुल्ला वडा सदस्यमा कुमारप्रसाद चौलागाईले विजय भएका छन् । खुल्ला वडा सदस्यमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
प्रारम्भिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका निसान ढुङ्गेल अगाडी छन् भने उपमेयरमा नेकपा एमालेका उम्मेदवार सरिता तिम्सिना भट्टराई अगाडी रहेकी छिन् ।


...

All Comments.......


Please Login/Register To Comments