भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मतगणना सम्पन्न भएका तीनवटै वडामा काँग्रेसका उमेदवार बिजयी  भएका छन । पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा कृष्णहरि आचार्य विजयी भएका हुन ।
भर्खरै सम्पन्न मतपरिणामअनुसार आचार्यले उनका निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतले पराजित गरेका हुन् । सो वडाका तीन सदस्यमा कांग्रेसले जित हात पारेको छ भने एक सदस्यमा एमाले उमेदवार बिजयी भएका छन् ।
यसअघि कांग्रेसले १ र २ वडामा पनि विजय हासिल गरिसकेको छ । मध्यपुर थिमि–१ को वडाअध्यक्षमा काँग्रेसका बाबुकाजी डंगोल र २ वडामा श्रीकृष्ण श्रेष्ठ विजयी भइसकेका छन् । अहिले नगरको वडा नं.४को मतगणना शुरू भएको छ ।
यसैबीच मध्यपुर थिमि नगर प्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता बढाएका छन् । तीन वडाको गणना सकिदा श्रेष्ठले ४८११ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका मदनसुन्दर श्रेष्ठले ३०९० मत ल्याएर पछ्याउँदै छन् ।
त्यसैगरी उप प्रमुखमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छिन । नेपालले ३५६९ मत ल्याएकी छिनभने उनका प्रतिस्पर्धी गठबन्धनका उमेदवार माओवादी केन्द्रका बिजय श्रेष्ठले २८९१ मत पाएका छन् ।...

All Comments.......


Please Login/Register To Comments