भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरेको हो ।
कांग्रेसका प्रदीप कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकातर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे ।
खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा (दाहाल) ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन् ।


...

All Comments.......


Please Login/Register To Comments