सुनील सापकोटा
आज  बुद्ध जयन्ती । बुद्ध लाई  हिन्दु धर्ममा भगवान बिष्णुको अवतारको रुपमा मानिन्छ । हुनत वेदमा अवतारवादको कुनै उल्लेख छैन । यो अवतारवादको अन्धबिश्वास पछी जोडिएको हो जस्तो मलाई लाग्छ । वैदिक सनातन धर्मलाई  बुद्धले अस्विकार गरेका छन। खैर त्यतातिर म जान्न । चर्चा गर्दा लामो हुन्छ ।
म बुद्धको दुई  प्रसिद्ध स्थानहरुमा गएको छु। एउटा भारतको विहार राज्यको वोध गया र अर्को  नेपालको  लुम्बिनी । हिन्दु धर्मावलम्बीहरु बुद्ध विहारहरुमा  पनि आफ्नै हिन्दु  परम्पराले बुद्ध लाई पनि हेर्ने गर्छन्  , जो गलत छ जस्तो मलाई   लाग्छ।
मैले  बुझे सम्म बुद्धको मूर्ति सामुन्ने  केही न माग्नुस । हिन्दु  देवी देवता जस्तो बुद्धले केही पनि  वरदान  दिदैनन् । बुद्धको मूर्ति  सामुन्ने रोएर , कराएर , गिडगिडाएर  केही पाइनेवाला छैन । न  पूजा गर्नु , न प्रार्थना गर्नु , न हाथ फैलाउनु , न दया को भिख  माग्नु । उनी सङ सुखको ,समृद्धिको , चिरायू  को आशीर्वाद मागेर पाइनेवाला छैन ।
वास्तवमा भन्ने  हो भने  बुद्ध वा बुद्ध पुरुषहरुले कसैलाई केही दिन नै सक्तैनन् ।  बुद्ध पुरुषले त मानिस भित्रको  सुतेको  चित्त लाई जगाउने मात्र हो । जो लुकेको ज्ञान छ त्यसलाइ  जागृत गराउने  मात्र हो। मानिसहरु सङ  रहेको  अपार क्षमताहरुको आभास  गराउदै सबैलाई  बुद्ध बन्नको लागि  प्रेरित गर्ने मात्र हो , ताकि हरेक  व्यक्ति बुद्ध बनोस र आफ्नो सुख  र शान्तिको लागि कसैको अगाडी  दयाको भिख न  मागोस । यो बाटो हिंड्न् गाह्रो  र लामो छ । तर सत्य को बाटो यहि होला   हिन्दु  देवी देवताहरु बाट जस्तो  यो बुद्ध  धर्ममा चमत्कार , समत्कार  केही हुने वाला छैन ।
बुद्ध पुरुषहरुले न पैसा  दिन्छन्, न पद,  न मान –  प्रतिष्ठा। त्यसैले कहिले पनि  तपाईंहरु गौतम बुद्ध की प्रतिमाको अगाडि फूल न चढाउनु होला ।  प्रार्थना न गर्नु होला । उनको  प्रशंसामा  मंत्र पढेर चापलुसी गर्ने , खुशामद गर्ने , र फकाउने काम कुरा न गर्नु होला । यस्तो गर्नु भयो भने तपाईंको  सम्पुर्ण कोशिसहरु बेकार जान्छन्  भन्ने मेरो बिचार हो।
बुद्धले  बताएको कुराहरु लाई बुझ्नुस , मनन  गर्नुस। चित्त  न बुझे  छोड्नुस। बुद्ध  मार्गी नै हुनु पर्छ भन्ने छैन  । म बुद्ध  मार्गी  होइन पनि  । तर  म सबै  धर्महरु बुझ्न  खोज्छु  । बस् सत्यको मार्ग लाई  बुझ्नुस । बुद्ध धर्मले  मानव कल्याणको चार आर्य सत्य और अष्टांगिक मार्ग बताएको रहेछ ।  शील, समाधि , प्रज्ञा ,प्रेम, करुणा , दया, मैत्री आदि बुद्धका दर्शनमा रहेछन् ।
त्यसैले आज बुद्धको मूर्ति ÷ प्रतिमा लाई दुनियाँमा केहिले जुन तोडफोड र  क्षति  पु¥याइ रहेका छन  ती  सबै मुर्ख हुन जस्तो मलाई  लाग्छ । कसैले  बुद्ध लाई गाली र अपमान गर्दैमा रिसाउने  कुरा पनि रहेनछ । किनभने  बुद्ध न विहारहरुमा छन ,  न शास्त्रहरुमा , न मूर्तिहरुमा छन ।
बुद्धलाई  भेट्ने  हो भने उनले  भनेको मार्गमा हिंड्नु पर्छ
बुद्धको ज्ञान वा दर्शननै  मनुष्य भित्र रहेको मनको अँध्यारो लाई हटाइ  बत्ति बाल्नु हो। अर्थात् अज्ञानता भगाइ सत्यको खोज हो।
“ ईश्वर र बुद्ध संगै रहन सक्तैनन् । ईश्वर काल्पनिक कुरा हो भने बुद्ध यथार्थ वक्ता हुन् “ भन्ने भनाइ भारतका दार्शनिक राहुल सांस्कृत्यानको पुस्तक मेरो जीवन यात्रामा उल्लेख गरिएको शब्दको पैंचो लिंदै यो लेखको अन्त्य गर्छु धन्यवाद !
बुद्ध जयन्तीमा मेरो सबैमा शुभकामना !...

All Comments.......


Please Login/Register To Comments