भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदान खेर गएको छ । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले बालकोट मतदान केन्द्रबाट मतदान गर्दे एमालेले वडामा सहजै जित्ने दाबि गरेका थिए । तर, उनको त्यो दाबी ३ दिन पनि टिकेन । ओलीको वडामा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रदीप कार्की पुरै प्यानल सहीत निर्वाचित भएका छन्।
प्रदिपले एक हजार ५ सय ११ मत पाएर विजयी हुँदा प्रत्याशि एमालेका विश्वराज भट्टले १ हजार ३ सय ५ मतमात्र पाएर पराजय भोग्न वाध्य भए । ओलीको वडामा उत्साहका साथ वडामा सहज जीत निकाल्ने दावी गर्ने एमालेका नेताहरुका सामु वडा सदस्यका उम्मेदवार काग्रेसका जर्नादन खड्का १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २२ मत ल्याएर विजयी भएका छन् ।
उता, काग्रेसका महिला उम्मेदवार कल्पना खतिवडा(दाहाल) १ हजार ५ सय २९ तथा महिला सदस्यमा
रन्जिता तिखत्री १ हजार ५ सय १७ मत पाएर विजयी भएकी छन् ।
आइतबार विहान देखि मत गणना सुरु हुँदानै एमाले नेताहरु निकै उत्साका साथ विजयी हुने आंकलन गर्दे थिए । त्यसो त, ओलीका ‘छोरा’ भक्तपुर एमालेका चर्चित नेता महेश बस्नेतले २ नम्बर वडामा कांग्रेसको क्लिनस्पिप हुने भन्दै ट्टि गरेका थिए । बस्नेतलको ट्टि १२ घण्टा पनि टिकेन । गणनाको प्रारम्भिक नतिजामै जीतको हावादारी दावा गर्ने महेलले पनि प्रारम्भिक नजीजामै चित्त बुझाउन वाध्य भए हुनुपर्यो ।
अहिलेसम्म सूर्य विनायकका वडानंं १  २ को मतगणना सम्पन्न भएको छ । जसमा नगरप्रमुखका उम्मेदवार काग्रेसका निशान ढुंगेलको अग्रता कायम छ । ढुंगेलले ३ हजार १ सय ३१ मत पाउँदा एमालेका नगरप्रमख उम्मेदवार बासुदेव थापाले २ हजार ७ सय ६० मत पाएका छन् । वडा नं ३ को मतगणना जारी रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments