भक्तपुर । भक्तपुरको  चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाध्यक्ष जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् । अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ ।
लामाले १४११ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार बिष्णु लामाले १२०३ मत ल्याए । सो वडामा २०७४ को निर्वाचनमा लामालाई नै पराजित गरि एमालेका सन्तबहादुर वाइवा अध्यक्षा विजयी भएका थिए ।
सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई  सहयोग गरेको थियो । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन् ।...

All Comments.......


Please Login/Register To Comments