भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ नं दधिकोटको सदस्य पदमा विवाद देखा परेको छ । नेकपा एमालेबाट विदुर खड्का र राजु लुवन्जार श्रेष्ठमध्ये निर्वाचित भएका सदस्य को हुन् भन्ने कुरामा विवाद देखा परेको हो । सुरुमा सोमबार विदुर खड्का निर्वाचित भएको खबर आए पनि पछि पुनः मत गणना गर्दा राजु लुवन्जार श्रेष्ठ विजयी भएको आधिकारिक व्यक्तिबाट जानकारी भएको थियो । तर सोमबार एउटा कुरा गरेकाले मंगलबार अर्कै कुरा गरेको जनाइएको छ । एउटाले एकथरि कुरा गर्छन्, अर्कोले अर्काथरि, सरोकारवालाहरु भनछन् । फोन गर्दा सम्बन्धित मानिसहरुले फोन उठाऊन छाडेको बताइएको छ ।
यता यस विषयमा दधिकोटवासीहरुले विभिन्न अड्कलवाजीहरु लगाइरहेका छन् । साह्रै अलमल्लमा परेका छौं हामी, उनीहरु भन्छन् । आधिकारिक व्यक्तिले आधिकारिक रुपमा स्पष्ट बताइदिन उनीहरुको आग्रह छ । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटबाट निर्वाचित भएका सदस्य को हुन् ? विदुर खड्का वा राजु लुवन्जार श्रेष्ठ ?, उनीहरुको प्रश्न छ ।...

All Comments.......


Please Login/Register To Comments