तुल्सी केशरी प्रजापति
पारिजातका समग्र कृतिहरुमध्ये उत्कृष्ट रचना अनिंदो पहाडसंगैलाई मानिन्छ । नेपाली समाजको यथार्थको राम्रो चित्रण यसमा भएको छ । सामाजिक वर्गहरु र तिनका बीचको द्धन्दवादिता र पूर्ण विश्वास राखिएको छ । यस रचनामा नेपालका पहाड, तराई र उपत्यकाको जनजीवनका मर्म र पीडाहरुलाई सामाजिक सन्दर्भसित गा“सेर हेर्ने प्रयास भएको छ ।
प्रसिद्ध नेपाली साहित्यकार पारिजात अथवा विष्णु कुमारी वाईवाको जन्म १९९४ बैशाखमा दार्जलिड्डमा भएको थियो भने मृत्यु २०५० बैशाख ५ गते वीर अस्पतालमा भएको थियो । उहा“का धेरै कृतिहरु प्रकाशित छन् । साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनेको हो । पारिजातका कृतिहरुमा प्रगतिवादी, समाजवाद, माक्र्सवाद, अस्तित्ववाद, नारीवाद विसंगतिवाद इत्यादि पाइन्छ । उहा“ले १९८२ मा अनिंदो पहाडसंगै उपन्यास प्रकाशित गरेको थियो । देशमा भई रहेको विकृति र विसंगतिका साथै राजनीतिक दरिद्रताले अनिंदो अथवा निदाउन नसकेको पहाडको कथाव्यथा त्यहा“बाट शहर पसेपछिका घटनाहरुलाई समेतेर यो उपन्यास तयार पारेको देखिन्छ । यस उपन्यासमा सामाजिक राजनीतिक र गरिब परिवारको महिलाहरुमाथि धनी बर्गले गरिने शोषण, उत्पीडन, दुव्र्यवहार तथा ती महिलाहरुले गर्नु पर्ने संघर्षका बारेमा सू–सुचित गरिएको छ । यसको मुख्य भुमिकामा तीन जना महिलाहरुलाई प्रस्तुत गरिएको छ । १) गाउ“को गोरीमाया मजदुर, २) पुलिस अफिसरको श्रीमति चन्द्रकान्ता र ३) सुवानी एक क्रान्तिकारी महिला रहेका छन् ।
गोरीमाया गाउ“को एक गरिब परिवारकी छोरी हुन् । जसलाई गाउ“ कै प्रधानपञ्च र कृष्ण कार्की भन्ने जाली फटाहाले गोरीमायाका बुबालाई साठी रुपैंया र दुई बोटल रक्सि हातमा ठम्याएर एक बौलाहासंग विहे गराई उनको जीवनसंग खेलवाड गर्छन् । जसले गर्दा एक दिन बौलाहाले कोहीं नभएको बेला बलेको अगुल्टो बोकेर हान्न आएपछि राति नै भागेर माइत आइपुगेकी गोरीमायाले गाउ“ र समाजको सामना गर्न र घृणाको घुट्को पिउन बाध्य हुन्छिन् । छोरीको विजोग देखेर उसको बुबा नजानिदों अपराध भावनाले झस्किरहेको थियो । केहीं दिनपछि बाबु छोरी स्वभाविक हु“दै गए ।
एक दिन आफ्नै दाजु पर्ने सानीमाको छोरोसंग राम्रो काम पाउने र दशैंमा घर आउने आशमा गाउ“बाट शहर जान्छिन् । जहा“ एक पुलिस अफिसरको घरधन्दाको काममा लाग्छिन् र महिनाको रु. ४० पाउ“छिन् ।
गोरीमाया सहरमा काम गर्दा गर्दै दशैंमा घर फर्किन्छिन् र टीकाको भोलि पल्ट गाउ“ घुम्न जा“दा बाटामा भेटेकी प्रधानपञ्चको कुदृष्टि उनी माथि पर्छन् । शहरमा गएर मालिकलाई त खुब रिझँइस् होली जस्ता लान्छना लगाई बेईज्जत गर्न भने छोडेन् । गोरीमायाले उसको कुरा सुनेर दिएको जवाफले प्रधानपञ्च अपमान र रिसले कालोनिलो हुन पुगे । अव गोरीमायालाई त्यो गाउ“ फेरी सिनो गन्हाएको जस्तो हुन थाल्यो । एक छिन पनि त्यहा“ बस्न मन लागेन । गरिबको छोरीलाई चार जनाको अघि बेईज्जत गर्छ । धनीमानीको छोरीले जे गरेपनि कसैले एक बचन पनि नलाउने भनी रुन थाली । त्यसपछि बुबालाई चा“डै खर्च पठाइदिने बाचा गरेर ऊ फेरि काठमाण्डौं हि“डी ।
वि.सं.१९९० मा पूर्वी नेपालमा जन्मेकी चन्द्रकान्ता मुग्लान पसेपछि दुर्गति भएर टुहुरी भई अनेक दुःखकष्ट हण्डर खाएर तरुनी भएपछि धेरै लोग्ने मान्छेहरुले शोषण गर्ने तथा घरबार विहिन असहाय स्वास्नी मान्छेलाई बालिका नभन्ने सानी नदेख्ने समाजमा २१ बर्षकी हु“दा दार्जिलिड्डको एउटा गल्छेडोमा छोरो पाई तर छोरोको बुबा एक सम्मानित पुलिस अधिकारी भएतापनि समाजको डरले उसलाई ग्रहण गरेन् । परिस्थितिले गर्दा उनलाई जोधाहा, निर्भिक, बजारुका साथै बाठी, मुखाले र उताउलो लोग्ने मान्छेको कान काट्न सक्ने बनाउ“छ । तर सबै लोग्ने मान्छे त्यस्तै हु“दैन भलादमी पनि हुन्छन् । त्यस्तै चौडा छाती, ठूलो मुटु भएका त्यसताकाका पुलिस इन्स्पेक्टरले चन्द्रकान्ताको सात बर्षका छोरो सहित भगाएर काठमाण्डौंमा ल्याई निर्धक्कसंग सुकिलो र सम्मानित जीवन दियो । तर ती बालक लालबहादुरले खाकी पोशाक लाउने भिष्म बहादुर आलेलाई बाबुको रुपमा स्थापित गर्न नसकेपनि सम्मान र औपचारिकता भन्ने पु¥याउ“थ्यो ।
२०३२ सालको छात्र आन्दोलनदेखि छोरो बिद्यार्थी राजनीतिमा लाग्दै जेल प¥यो र छुटेपछि आले साहेबले भनेको कुरा ऊ सम्झन्छ । पुलिसको छोरोलाई यो सब गर्ने अधिकार छैन् । त्यसपछि ऊ खुल्ला राजनीति नगरिकन रहस्यमय विद्यार्थी गतिविधि र अध्ययन गर्न भन्ने छोडेनन् ।
गाउ“मा होस् या शहरमा एक्ली नारी देखेपछि सबैले जिस्क्याउने तथा अश्लिल शब्द प्रयोग गर्न पछि पर्देन् । अझ एउटी नारीको पीडा अर्को नारीले बुझ्दैन उल्टै आजभोलिका ठिटीहरु पनि उस्तै भएर हिड्छन् त के लाग्छ भनी दोष लाउ“छन् र तमासा हेर्छन् । हेर्दा शिक्षित र सम्पन्न घरका जस्ता देखिने युवकहरुका जमात देखेर सर्तक हु“दै छेउ लागेर हि“डिरहेकी युवती उनीहरुको अश्लिल शब्दवाण सहन नसकी आफ्नो नोट बुकले मतितेलको टिनमा लड्न्े गरी जमातको एक जनाको गालामा नराम्रोसंग हिर्काउ“छन् र शहरको अर्को गल्ली भित्रको आफ्नो साथी एम आरको डेरामा पुगी आक्रोश पोख्छिन् सुवानी । यस्ता समाजका कर्णधारहरु भएको ठाउ“मा नया“ समाजको निर्माण गर्न नसक्ने आशय व्यक्त गर्छिन् । आफ्ना अभिभावकहरुलाई हार खुवाई स्वतन्त्र किसिमले डेरा लिएर २०३३ सालमा पूर्व पहाडदेखि काठमाण्डौंमा क्याम्पसस्तरको अध्ययनको लागि आएकी थिई । सुवानी अन्याय, अत्याचार सहन सक्दैन्थिई । यस निर्भिक, हठी र जीवन प्रति आवश्यकता भन्दा बढी संबेदनशील केटीसंग एम आरको एक बर्ष अगाडि परिचय भएको थियो । केहीबेरको चकमन्नतापछि एम आरले आवेश, आ“सु भनेको मान्छेको कमजोरीहरु हुन् झन क्रोधको वशमा परी निर्णय लिनु त अवगुण हो । जीवनमा कतिपय बाधाहरु आइ लाग्छन् यसै पनि जीवन फूलबारीको भ्रमण जस्तो सजिलो हु“दैन संघर्ष बिना परिवर्तन सम्भव छैन । जिउनुको सहि सार खोज्नेले बाधाहरुस“ग जुध्नसक्नु पर्छ भनी सम्झाए । उसै त यहा“ राजनीति गरी हिड्नेलाई राम्रो दृष्टिले हेरेको पाइ“दैन । पञ्चायतकालमा राजनीति गर्ने वा क्रान्तिकारीहरुलाई राज्यस्तरबाट कसरी विवश पारी दबाउन खोजेको छ भने बारेमा पनि उजागर गरिएको छ । धनी र प्रतिष्ठित परिवारको युवायुवतीहरु कसरी विदेशी भेषभूषा, आचरण, गीतसंगीतमा लीन हुन्छन भने पनि यस उपन्यासमा दर्शाइएको छ । सहरको सुख सविधामा बसेकाहरुले अभाव र मंहगीको समस्याबाट गुज्रेका विद्यार्थीहरुको दुःख नबुझ्ने सबैलाई आफू जस्तै सम्पन्न सम्झ्न्छन् । आन्दोलनलाई सफल पार्न गर्नु पर्ने संघर्षको बारेमा सु–सूचित गर्ने काम यस उपन्यासले गरिदिएको छ । यो उपन्यास पढ्दै गर्दा आफै“ यस आन्दोलनमा सहभागी भएको जस्तो आभास भयो । सुकुम्वासी आन्दोलनको क्रममा आफ्नो व्यक्तिगत स्वार्थ र पद लोलुपको लागि आफ्नै प्रहरी संगठनको साथीलाई मार्न पछि नहट्ने पू“जीवादी व्यवस्थाको दोष देखिन्छ भने आन्दोलनकारीले गोली चलाउ“दा शहिद भएको झूठो आरोप लाउन समेत पछि नहट्ने पुलिस अफिसरहरुको षडयन्त्रको उजागार यस उपन्यासमा छर्लङ गरिएको छ । राजनीतिमा लाग्दा आफ्नो स्वार्थ परिवार भन्दा देश र जनताको लागि समर्पित हुनुपर्ने पाठ यस उपन्यासले दिएको छ ।
आले साहेबको मृत्यु पछि खुल्ला रुपमा राजनीतिमा लागेका लाल बहादुर पाटनको एउटा उद्योग भित्रको आन्दोलनमा भाषण गर्ने क्रममा निरंकुश सरकारको आदेशमा गोली चलाउ“दा गोली लागि शहिद भयो भने सुवानी पनि आन्दोलनकी एक सक्रिय महिला जो संगठनको कामको सिलसिलामा एउटा गाउ“मा एक्लै हिडिरहेको मौका छोपी उनलाई पहिलादेखि एकतर्फि मन पराएका केटोले मानवीयता छोडी धेरै बेरको संघर्षपछि बेहोस भएकी सुवानी सामूहिक बलात्कारको सिकार बनी । उनलाई परेको आघातलाई शक्तिमा बदल्न एम आर र साथीहरुको निर्णय अनुसार तराईमा पठायो । त्यहा“ सुमतिको नामबाट बूढाबूढी, बालबालिकालाई शिक्षा दिनुका साथै महिलाहरुलाई आफ्ना हकहितको लागि लड्ने, एकता र संघर्ष गर्न सिकाउ“थी । निहत्था गइरहेका क्रान्तिकारीहरुलाई अन्धाधुन्ध गोली चलाउ“दा उनी पनि त्यही शहिद भइन ।
सुवानीको शोकसभामा एकजना विद्यार्थी नेताले बोलेको क्रान्तिकारी भाषणले शोकलाई शक्तिमा बदल्ने प्रतिज्ञालाई गोरीमायामा क्रान्तिकारी भावना उजागार भई जनक्रान्ति र अठोटको भाषा आ“सुका अक्षरहरु भएर आ“खाको डिल नाग्दै तलतिर खसे । उनले शहीद सुवानी र शहीद लालबहादुरलाई एकसाथ झलझली देखी र मुठी कसेर आफ्नो अठोटलाई दोहो¥याई ।    
यो उपन्यास ऐतिहासिक अभिलेख पनि हो । यसकारण पनि यसको महत्व अझ बढी थपिएको छ । २०३५÷०३६ सालको जनआन्दोलन यसमा समेटिएको छ । नेपालको त्यतिखेरको विद्यार्थी आन्दोलन र यसले लिएको राजनैतिक रुप, ठाउ“ ठाउ“मा भएका जनसंघर्षहरु, जनमतसंग्रह, पञ्चायतको विजयको घोषणा र त्यसपछिका दमनकारी क्रियाकलापहरुको चित्र सहित यसमा तात्कालीन राजनीतिक कार्यदिशा सिंगै उपन्यासमा आएको छ । पारिजातले लेखेका उपन्यासहरु  मध्ये यस उपन्यासले नै सबभन्दा बढी सामाजिक परिवेशलाई समेट्ने काम गरेको छ । मलाई लाग्दछ पारिजातको लेखन यात्रामा मात्र हैन नेपालको प्रगतिवादी साहित्यमा नै उत्कृष्ट पात्रहरुको सिर्जना यस उपन्यासमा भएको छ । त्यसमध्ये पनि नायिका सुवानीलाई नेपाली आन्दोलनकै उत्कृष्ट पात्रका रुपमा लिन सकिन्छ ।
धन्यवाद ।


...

All Comments.......


Please Login/Register To Comments