भक्तपुर । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी २ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ ।
बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सय भन्दा वढी विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आआफनो गच्छे अनुसार भेटी (पैसा), विस्कुट, चामल, फलफूललगायतका दान  गरेका थिए ।
मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनि विहारमा रहेका भिक्षु तथा श्रामनेरहरुलाई निमन्त्रणा गरिएको थियो । दान लिनका लागि त्यहाँंका ३७ जना भिक्षु तथा श्रामनेरहरु स्कुल पुगेका थिए ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए । त्यसका लागि एकदिन अगाडि नै सवै विद्यार्थीलाई यसबारे सूचना दिने उनले जनाए ।
२०७१ सालदेखि प्रत्येक वर्ष स्कुले विद्यार्थीले मुठी दान गर्दै आएको स्कुलले जनाएको छ । यो वीचमा कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको स्कुलले जनाएको छ ।
दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए । हिंसा नर्गनु, झुठो नबोल्नु, व्यभीचारी नबन्नु, चोरी नगर्नु, सुरापन (मादक पदार्थ नखानु) नगर्नु भन्ने बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए ।
दानमा सहभागी कक्षा ३ का विमोचन वाग्लेले आफूले फलफूल अनि विस्कुट दान गरेको बताए । दानबाट आफू कहिले पनि गरिव हुँंदैन भन्दै यस्ता कार्यक्रम स्कुलले गरेकोमा उनले खुशी साटे ।
कक्षा ७ की अर्की छात्रा सौम्यता अधिकारीले दान गर्न पाएकोमा भित्री मनदेखि खुशी लागेको जनाइन् । दान जति ठूलो दुनियाँंमा केही हुन नसक्ने भन्दै उनले दान गर्न पाएकोले आफूलाई ठूलो खुशी मिलेको अनुभब सुनाइन् । उनले आफूले चामल र भेटी दान गरेको जनाइन् ।
स्कुलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कुलमा परियति शिक्षा पनि अध्यापन गर्दै आएको जनाइन् । स्कुलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गराउँदै आएको उनले जनाइन् ।

...

All Comments.......


Please Login/Register To Comments