बिन्दु घिमिरे
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा अवस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनः निर्माण हुन नसकेर ओझेलमा परेको छ ।
लगभग दुई सय वर्ष भन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्प पश्चात् अहिलेसम्म पनि कुनै किसिमको जगेर्ना गर्ने काम कसैबाट पनि सकेको छैन । स्थानीय निकायको निर्वाचनपश्चात् धेरै कुराको विकास भई अन्य ठाउँमा ढुग्ङा मात्र स्थापना भएको ठाउँमा समेत मन्दिर बनाइसकेको छ भने यति धेरै पुरानो यो कृष्ण मन्दिर पुन निर्माणतर्फ कसैको ध्यान नपुगेको हो । अहिले यो मन्दिर झट् हेर्दा मन्दिर जस्तो पनि नदेखिएको अवस्थामा पुगेको छ ।
कृष्ण जन्माष्टमीमा परम्परादेखि चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने गरेको तथा केही समय अगाडि १,१ माना चामल वितरण गर्ने गरेकोमा हाल यो कार्य पनि स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको देखिएको छ ।
मन्दिरको गुठीसंग समन्वय गरी मन्दिरको पुनः निर्माणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि सरकारको ध्यान जाओस भन्ने उक्त स्थानका बासिन्दाको चाहाना रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments